About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

चुनावी बहस : को हुन नवलपरासीमा लोकप्रिय बनेका खड्ग बस्नेत

Darpanpost आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

मिना गैरे, २७ कार्तिक । निर्वाचनको मिति नजिकिदै गर्दा देशभर आगामी नेतृत्वका बहस हुँदै छन । नवलपरासी पश्चिममा पनि प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा कस्ले बाजि मार्ला भन्ने बहस चोकचोकमा सुनिन लागेको छ । नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नम्बर २(क) मा पनि हरेक स्थानमा आगामी निर्वाचनपश्चात् कस्को नेतृत्व होला भन्ने बहस सामान्य जस्तो बनेको छ । स्थानीयहरु एउटा असल, समाजसेवी र कर्मठ नेतृत्व आवश्यक रहेको बताउछन । घोषणापत्रमा मात्र बिकास गर्ने नभइ वास्तवमा नै समाजको बिकासमा ईमान्दार, दत्तचित्त र समर्पित भइ लाग्ने नेतृत्व आवश्यक रहेको स्थानीयहरु बताउछन ।

यसैबिच नवलपरासी निर्वाचन क्षेत्र नम्बर २(क) का स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत जनतामाझ लोकप्रिय बन्दै गइराख्नुभएको छ । स्थानीय मतदाता तथा नागरिकहरुले पनि समाजको समग्र बिकासको धारणा राख्ने बस्नेतको नेतृत्व आगामी दिनमा उत्कृष्ट प्रमाणित हुने बताउछन । मतदाताहरु बस्नेत समाजको जगमगाउदो आशा भएको भन्दै बस्नेतको नेतृत्व आवश्यक रहेको बताउछन । हुन त जस्ले परिवर्तनको बिचार र कागजी बिकासमा मात्र नभइ आफ्ना प्रतिबद्धता तथा समाजसेवा, समग्र बिकासमा लाग्ने गर्छ उ नै जनताको प्रिय हुन्छ । इमानदार, सामाजिक भावनाले कार्य गर्ने एक सच्चा नेतृत्व नै आजको प्रमुख आवश्यकता हो । जनजनले खड्ग बस्नेत समाजको परिबर्तक हुन र समाजको चौतर्फी बिकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेमा आफू बिश्वस्त रहेको बताउछन ।

खड्ग बस्नेत बिगत लामो समयदेखी नवलपरासी क्षेत्रमा समाजिक कार्यमा क्रियाशिल रहदै आउनु भएको छ । उहाको कार्यको यस क्षेत्रका जनताहरुले पनि प्रसंशा गर्दै आएका छन ।

यस्तो छ लोकप्रिय बन्दै गरेका बस्नेतको पृष्ठभुमि

समाजसेवा नै आफ्नो पहिलो रुचि बताउनुहुने बस्नेत २०५५ सालदेखि सक्रिय राजनीतिमा लाग्नुभएको हो । बस्नेतको जन्म २०४३ श्रावण २७ गते तत्कालिन दर्लामचौर गाबिस वडा नम्बर १ गुल्मिमा भएको हो । बस्नेतको बुवाको नाम नर बहादुर बस्नेत र माताको नाम कुन्ती बस्नेत हो । २०५५ सालदेखी बस्नेत तत्कालिन नेकपा माओवादी पार्टीद्वारा सक्रिय राजनितिमा लाग्नुभएको हो । उहाले हालसम्म माओवादीमा रहि सक्रिय राजनीति गर्नुभएको थियो । अहिले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा जनताको मागबमोजिम बस्नेतले पार्टी परित्याग गरि नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ (क) मा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

बस्नेत एक युवा र शिक्षित उम्मेदवार पनि हुनुहुन्छ । उहाले एमबिएस सम्म अध्ययन गर्नुभएको छ । आजको आवश्यकता नै शिक्षित र दक्ष नेतृत्व हो । बस्नेतले बिगत ढाइ बर्षदेखि सुनवल खानेपानी तथा सरसफाइ संस्थाकाे अध्यक्षमा रहि उल्लेखनीय कामहरु गर्दै आउनुभएको कुरा त ऐना जस्तै सबैका सामु छर्लङ्ग छ । उहाको अध्यक्ष कालमा खानेपानी संस्थाले दिगो र सकारात्मक उपलब्धिहरु हात पारेको छ । बस्नेतको नेतृत्व भन्दा पहिले सुनवल खानेपानीको ऋण ३ करोड ८६ लाख थियो भने उहाको नेतृत्व आएपश्चात १ करोड ऋण चुक्ता भइसकेको छ । प्रतियुनिट शुल्क पनि घटेको छ । साथै संस्थालाइ थप बजेट पारेर कार्य भइरहेको छ ।

बस्नेत रमवापुर माबिको अध्यक्ष पनि हुनुहुन्छ । उहाले नेतृत्व गर्नुभएको रमवापुर माबीले पनि सकारात्मक उपलब्धिहरु हासिल गर्न सफल भएको छ । बस्नेतको नेतृत्व पाएसङै रमवापुर माबिको विद्यार्थी सङ्ख्यामा पनि उल्लेख्य वृद्धि आएको छ । उहाले नेतृत्व गर्नुभएको महाकबी देवकोटा क्याम्पसले पनि उदाहरणिय उपलब्धि हासिल गरेको छ ।

समाज र सामाजिक हितमा रुचि राख्ने बस्नेत समाजमा दिगो परिवर्तन र समाजको बिकास चाहेको बताउनुहुन्छ । बस्नेतले आफू कागजी बिकास मात्र नभइ गरौ र देखाऔ भन्ने धारणामा चल्ने बताउनुहुन्छ । उहाको नेतृत्व पाएका संस्थाले पाएका दीर्घकालीन र सकारात्मक उपलब्धिले उहाको नेतृत्व उत्कृष्ट रहेको पुष्टि हुन्छ । बस्नेतले समाजको समग्र बिकासको सुरुवात नै मुलुकको चौतर्फी बिकासको आधार भएको बताउनुहुन्छ । उहाले आफू स्वतन्त्र रहेको र स्वतन्त्र नै रहने प्रतिबद्धता पनि जनाउनुभएको छ । बस्नेतले नवलपरासी निर्वाचन क्षेत्र नम्बर २(क) बाट प्रदेश सभा सदस्य पदमा पानीको धारा चुनाव चिन्ह सहित उम्मेदवारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
मङ्सिर १२ गते सोमबार, भोलेनाथको दर्शन गर्दै हेर्नुहोस तपाइको आजको राशिफल
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com