प्रियसीकाे आसमा जीवन बिताइ दिन्छु
गर्दै याद आशु बहाइ दिन्छु ।
कति याद गर्ने जहिले नि साेची बस्छु
एक दिन तिमीलाई भुलाइ दिन्छु ।
एक्लैले सम्झेकाे के अर्थ हुन्छ र
यहि सम्झदै मुटुलाई पनि मनाइ दिन्छु ।
प्रेमको चाेट त गहिरो नै लाग्छ तर
चाेटलाई सुमसुमाउदै दुखाइ पनि भुलाइ दिन्छु ।
✍️लेखक :- अनिल कुमार उपाध्याय
ठेगाना :- कृष्णनगर नगरपालिका वडा नं ६ कर्मा (हाल सदरमुकाम ताैलिहवा)