About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

च्याम्पियन यु–१५ टोली स्वदेश फर्कियो

Darpanpost शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

बंगलादेशमा सम्पन्न साफ यु–१५ फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली महिला टोली शनिवार स्वेदश फर्किएको छ ।आयोजक बंगलादेशलाई अन्तिम खेलमा बराबरी रोकेर समूह तालिकाको शीर्ष स्थानमा रहेर नेपाल शुक्रवार च्याम्पियन भएको थियो । च्याम्पियन टोलीलाई शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष दावा लामा, पूर्व प्रशिक्षक हरि खड्का, एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापा लगाएतले स्वागत गरे ।

भुटान, बंगलादेश र नेपालले मात्र सहभागिता जनाएको प्रतियोगितालाई साफले डबल राउन्ड रोबिन लिगको आधारमा खेलाएको थियो । सोही अनुसार नेपाल अपराजित रहँदै च्याम्पियन भएको थियो । उपाधिको लक्ष्य लिएर बंगलादेश प्रस्थान गरेको नेपालले पहिलो खेलमा भुटानमाथि ७–० को फराकिलो जित निकाल्दा दोस्रो खेलमा आयोजक बंगलादेशलाई १–० ले स्तब्ध बनाएको थियो । दोस्रो भेटमा भुटानमाथि १–० को संघर्षपूर्ण जित निकालेको नेपालले अन्तिम खेलमा बंगलादेशबिरुद्ध १–१ गोलको बराबरी खेलेको थियो । सो नतिजा पछि नेपालले चारखेलबाट १० अंक जोड्दै च्याम्पियन भएको थियो भने आयोजक बंगलादेशले ७ अंक मात्र जोडेको थियो भने भुटानले सबै खेलमा नतिजा सुम्पिएको थियो । शनिवार उपाधिका लागि भएको प्रतिष्पर्धामा गोलकिपर सुजाता तामाङले अन्तिम समयमा बंगलादेशी खेलाडीको पेनाल्टी प्रहार रोकेसँगै नेपालले च्याम्पियन बनेको थियो । प्रतियोगितामा नेपालकी सुजाता उत्कृष्ट गोलकिपर चुनिएकी थिइन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com