About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

मतदान गरि जिताइयाे त्यसपाली , फेरि पनि मुन्ना बाबु यसपाली’ नवलपरासी २ मा ‘भाईरल’

Darpanpost बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी , २४ कार्तिक । प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ देवेन्द्रराज कंडेल उम्मेदवार बनेर आएपछि नवलपरासी क्षेत्र नम्बर २ का मतदाताहरुमा नयाँ नारा ‘भाईरल’ बनेको छ । देशैभर निर्वाचनको माहोल तातिरहँदा नवलपरासीमा समेत ‘मुन्ना बाबु’ को चर्चा चलेको हो ।

‘मतदान गरि जिताइयाे त्यसपाली , फेरि पनि मुन्ना बाबु यसपाली’ – यो नारा कण्डेलको निर्वाचन क्षेत्रमा सर्बत्र गुञ्जिएको छ । लामो समय राजनीति गरेर स्थानीय रुपमा गरेको विकास र राजनीतिक चरित्रले कंडेललाई उनको क्षेत्रका जनताले माया गरेर दिएको उपनाम हो ‘मुन्ना बाबु’ ।

यसपटक फेरि जिताएर पठाउने प्रणका साथ चुनावी अभियानमा होमिएको स्थानीय मतदाताहरु बताउंछन् ।

‘सामाजिक क्षेत्रमा समेत अग्रणी योगदान दिईरहेका कंडेलको ख्यातीकै कारण ‘मुन्ना बाबु’ भन्दै जनताले प्रिय नेताका रुपमा चिन्दछन्’ स्थानीय मतदाताले राष्ट्रिय दैनिकलाई भने ‘हाम्रो नेता नै मुन्ना बाबु हो, अरु को उठिरहेको छ चिन्दापनि चिन्दैनौं ।’ दिवंगत दाजु भाउजुका नाममा कंडेलले नवलपरासीमा खोलेको आँखा अस्पताल प्रख्यात छ ।

२ पटक सम्म गृहराज्यमन्त्री र एक पटक सांसद बनेर गरेको कामले सर्वत्र चिनिएका उनी कांग्रेस नवलपरासीका पूर्व सभापति समेत हुन् ।

कांगेस केन्द्रीय सदस्य कंडेलको राजनीतिक बिरासत पुस्तौँ पुस्ताको छ । उनकी हजुरआमा बीपी कोईरालाको पालामा संसदीय समितिको एक मात्र महिला सांसद हुन् । कंडेलका बाबु पृथ्वी राज कंडेल समेत पूर्व सांसद हुन् ।

हाल सुस्ता पश्चिम नवलपरासी प्रतिनिधि सभा २ मा उनको उम्मेदवारी रहेको छ। उक्त क्षेत्र बाट २ ख बाट युवा नेता बैजनाथ जैसवाल उम्मेदवार छ्न ।

‘जनताको मनसंग भिजेका नेताको रुपमा चिनिएका कंडेललाई कांग्रेस र राष्ट्रिय राजनीतिमा नै सम्भावना बोकेका ‘लामो दौड’ का युवा नेताका रुपमा चिनिन्छ’ अर्का मतदाता भन्छन् ‘मुन्ना बाबु नै हो यसपाली ।’

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com