About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
आईसीसी म्यान टी–ट्वान्टी विश्वकप २०२२ को आजको खेलमा श्रिलंकालाई ६ विकेटको फराकिलो जित हात

मिना गैरे मंगलबार, कार्तिक १५, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

मिना गैरे, १५ कार्तिक । आईसीसी म्यान टी–ट्वान्टी विश्वकप २०२२ को ३२ औँ खेलको सुपर १२ ग्रुप १ को खेलमा अफगानिस्तानलाई हराउँदै श्रिलंकाले फराकिलो जित हात पारेको छ । आज बिहान अष्ट्रेलियाको द गाब्बा स्टेडियममा भएको खेलमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै श्रिलंका विजयी भएको हो ।

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रन बनाउन सक्यो । अफगानिस्तानले दिएको लक्ष्य पछ्याएको श्रिलंकाले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर १४८ रन बनाएर विजयी भयो ।

श्रिलंकाको जितमा धनन्जय डे सिल्भाले नटआउट रहँदै सर्वाधिक ६६ रनको योगदान गरे । त्यस्तैगरी श्रिलंकाका कुशल मेण्डिसले २४, असलंकाले १९, बि राजापास्काले १८ र पठम निसांकाले १० रनको योगदान गरे । श्रिलंकाका वानिडु हसरंगाले सर्वाधिक ३ विकेट लिदै म्यान अफ द म्याच भए । त्यस्तै श्रिलंकाका राजिथाले १ विकेट लिन सफल भए ।

अफगानिस्तानका गुरुवाज, उस्मान घानी, ईब्राहिम जद्रन, नाजीबुल्लाह, गुलबदिनले क्रमशः २८, २७, २२, १८ र १२ रनको योगदान गरे । त्यस्तैगरी अफगानिस्तानका नाबी रसिद खान, मुजीवले क्रमशः १३, ९, र १ रनको योगदान गरे । त्यस्तैगरी अनमतुल्लाहले नटआउट रहँदै १ रनमात्र बनाउन सके ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com