ज्ञानेश्वर सहानी, नवलपरासी । १२ कार्तिक । पश्चिम नवलपरासीको सरावल गाउँपालिका ३ भिमटाडीमा आयाेजित दाेस्राे नकआउट फुटबल खेलकाे तनावपूर्ण रुपमा सम्पन्न भएको छ ।
रेफ्री बिक्कि रानाकाे अभद्र ब्यवहारले खेल तनावपूर्ण रुपमा सम्पन्न भएको हाे।
शुक्रबार दिउसो ३ बजेको दाेस्राे राउन्डकाे खेल कुकुरमारा र हरनाटार बिहार बिचकाे खेल खेलाउने क्रममा रेफ्री रानाले खेलाडी र दर्शकलाई अभद्र ब्यवहार गरेका हुन ।
खेलकाे १५ मिनेट पछि हरनाटार बिहारले कुकुरमारामा १ गाेल गर्न सफल भएको थियोे । त्यस लग्गतै कुकुरमाराले १ गाेलगरी बराबरी गर्न सफल भएको थियोे ।
हाफ पछिको खेल बराबरी चलिरहदा हरनाटार बिहारले बल पासिङगरी अगाडि बढाउने क्रममा गाेल गरेलगत्तै रेफ्री रानाले सिटि बजाए। त्याे सिटि बल ड्र काे थियो । उनको त्याे निर्णयले खेलाडी र उपस्थिति सम्पूर्ण दर्शक रेफ्री रानालाई गलत गरेको भन्दै हाेहल्ला गर्न थाले ।
खेलाडी र उपस्थिति सम्पूर्ण दर्शक अपिल गर्दा पनि रेफ्री रानाले आफ्नाे निर्णयमा अडिग रहेपछि उनलाई पिट्नकाे लागि दर्शककाे हुल नै उम्डियाे ।
रेफ्रीले दर्शककाे कुरालाई लिएर खेल मैदानभित्रबाट फाेहाेराे फाेहाेराे गालि गर्न थाले । उनको त्याे ब्यवहार र निर्णय अभद्र रहेको अायाेजकले स्विकार गरेपनि रेफ्रीकाे निर्णय अन्तिम निर्णय रहेको आयाेजकले बताए ।
रेफ्री रानाले आफु खेलकाे बारेमा सबै जानेको घमण्डपुर्ण ब्यवहार प्रदर्शन गर्दै जसले जे गर्न सक्छ गरून् फरक पर्दैन उनले अभिब्यक्ति दिइएका थिए ।
खेल घम्साघम्सीबीच बराबरी अवस्थामा समय समाप्त भएपछि पेनाल्टीमा पुगेको थियो । हरनाटार बिहारले पाच मध्ये १ गाेल मिस गरेपछि कुकुरमाराले पाँचमा पाच गाेलगरी बिजय भएको हाे ।