About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

६ सदस्यीय नेपाली टोलि मोटर स्पोर्ट गेम्स खेल्न फ्रान्स प्रस्थान

Darpanpost मंगलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

८ कार्तिक । फ्रान्सको मार्सेल्लीमा आयोजना हुन लागको मोटर स्पोर्ट गेम्सका लागि सोमवार ६ सदस्यीय नेपाली टोली फ्रान्स प्रस्थान गरेको छ । फेडेरेसन इन्टरनेश्नल डे अटोमोबाइल (एफआइए)द्वारा फ्रान्समा आयोजना गर्ने मोटर स्पोर्ट गेम्समा सहभागी हुने ६ सदस्यीय नेपाली टोली सोमबार फ्रान्स प्रस्थान गरेको हो । सहभागी खेलाडी तथा अफिसियललाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी सदस्य यकेन्द्र कुँवर, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत चतुरानन्द राज वैद्य, एफआईए वल्ड काउन्सिल सदस्य गोविन्द भट्टटराई, नेपालका लागि डेनमार्कका कन्सुलर हरी धरेल, नासा नेपालका अध्यक्ष दशरथ रिजाल लगायतले खेलाडी तथा अफिसियललाई बिदाई गरेका थिए । नेपालको तर्फबाट अनिल बरालले पुरुष अटो स्लेलम, जिस्वा तुलाधर श्रेष्ठले महिला अटो स्लेलम र दिप्रश शाक्यले कार्टिङ स्प्रिन्टको सिनियर विधामा सहभागीता जनाउनेछ । कार्टिङ स्प्रिन्टमा सहभागिता जनाउन लागेका दिप्रश शाक्यले प्रतियोगिता विश्वकप स्तरको भएको र ओलम्पिक संरचनामा खेलाइने बताउनु भयो । शाक्यले विश्वस्तरको प्रतियोगितामा देशको प्रनिधित्व गर्नु पाउनु आफ्नो लागि ठूलो मौका भएको बताउनु भयो ।

यस्तै अटोल स्लेलममा नेपालको तर्फबाट महिला र पुरुष विधामा सहभागिता जनाउन लागेका अनिल बराल र जिस्वा तुलाधर श्रेष्ठले प्रतिष्पर्धामा राम्रो प्रदर्शन गर्ने बताए । ९० देशले सहभागिता जनाउने प्रतियोगितामा नेपालको पनि झण्डा फहराउने अवसर भएको भन्दै उत्कृष्ट नतिजाका लागि प्रतिष्पर्धा गर्ने अटो स्लेलमका प्रतिष्पर्धीले बताउनु भयो ।

ओलम्पिक फरम्याटमा हुने यो नै एफआईएको एक मात्र प्रतियोगिता हो । संसारमा अत्यन्त लोकप्रिय रहेको मोटर स्पोर्टस नेपालमा डेढ दशक अघिबाट नासा नेपालको नामबाट आधिकारिक रुपमा शुरुवात भएको हो । प्रतियोगितामा १७ वढी विधामा विश्वभरका खेलाडीबीच प्रतिष्पर्धा हुनेछ । अक्टोबर २६ देखि ३० गतेसम्म चल्ने प्रतियोगितामा नेपालले एफआईएको विश्वस्तरीय प्रतियोगितामा पहिलो पटक सहभागीता जनाउन लागेको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com