६ कार्तिक । रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०७९को औपचारिक समारोहका बिच रुरु क्षेत्र गाउँपालिका वडा न १ को वडा कार्यालयमा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । गत श्रवण २५ गते देखि भाद्र ११ सम्म संचालित प्रतियोगितामा १४ जिल्लाका १०० जना कलाकार हरुको सहभागीता रहेको थियो।
सन्चालित प्रतियोगितामा रुरु क्षेत्र वडा न ३ थानपतिकि आकृति पोख्रेल प्रथम गुल्मीदर्बार गाउँपालिका वडा न ५ का सलिना ढेगा र रेनु ढेगा द्वितीय यस्तै छत्रकोट ४ दिगामकि सुवेक्षा न्यौपाने तृतीय गुल्मी सत्यवति १ कि बिष्णु बुचा मगर र आशा पान्डेले सान्त्वना स्थान हासिल गर्नु भएको थियो । यस्तै उत्कट नृत्य तर्फ नवलपुरकि अनिसा अर्याल , बाल प्रतिभा तर्फ अग्रिमा पन्थ यस्तै उमेर हक पुरस्कार तर्फ ८५ बर्षकि लक्ष्मी अर्याल र मौलिक प्रतिभा तर्फ पाल्पा तानसेन नगर पालिका वडा न१४ का सुवेक्षा राना र प्रिय बि.क.ले हासिल गर्नु भएको हो। बिजेता टोलि लाई कार्यक्रममा पुर्व घोषित सुचना अनुसार नगद प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा वडा सदस्य लक्ष्मी सुनार उधोग बाणिज्य संघ रिडी शाखाका अध्यक्ष सुबर्ण लाल कक्षपति मानव कल्याण वृद्धा आश्रमका रिडी अध्यक्ष जिवन कुमार कसजु , कालिका महिला समुहकि अध्यक्ष रेणुका पन्थि समाजसेबि ,निणायक मण्डल सहयोगि दाता सामाजिक अभियन्ता प्रेम भण्डारी लगायतको आथित्थ्यता रहेको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष तथा पत्रकार चुरामणि तिमिल्सिनाले कार्यक्रम माथि जान्कारि गराउदै आउँदो मंसिर १२ मा सन्चार प्रालिले गर्ने नेपालकै आठौं भजन महोत्सवको करोडौं दिप प्रज्वलन तथा विभिन्न बिधाका कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो। यस्तै समारोहमा कार्यक्रममा सहयोग प्रदान गर्नु हुने सबैलाई सम्मान गरिएको थियो।