About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
भक्तपुरमा धानको बिस्कुन, किसानलाई भित्र्याउन भ्याइनभ्याइ

Darpanpost शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

४ कार्तिक, भक्तपुर । भक्तपुर भेलुखेलमा तिहारअगाडि नै भकारीमा धान भित्र्याउन भ्याइनभ्याइ भएको छ ।

लक्ष्मीपूजामा नयाँ धान चढाउनका लागि पनि भक्तपुरका किसानहरु यतिबेला धान भित्र्याउन लागि परेका हुन् । उनीहरुको दैनिकी यतिबेला धानकै ओल्टाइपल्टाइमा बित्ने गरेको छ । भक्तपुरको भेलुखेल टोलका करिव पचास घर परिवारले एकै ठाउँमा बिस्कुन सुकाउँछन् । खेतका गह्रालाई आलीले छुट्टाएजस्तै स्थानीयवासीले खाली ठाउँ छोडेर बिस्कुन सुकाएको दृष्य यतिबेला देख्न सकिन्छ । यहाँका खाली चोक तथा आँगन धानले भरिएको देख्न सकिन्छ । सडक किनारमा सुकाइरहेको धान नियालेर यहाँ घुम्न आउने पर्यटकसमेत रमाएको देख्न सकिन्छ । धानको धुलोको बेवास्ता गर्दे पर्यटकहरु किसानको जीवनशैलीमा रमाएका छन् । स्थानीयहरु मिलेर धान सुकाउने र उठाउने गर्छन् । भेलुखेलमा मात्र होइन भक्तपुरका खाली ठाउँमा अचेल यसैगरी धान सुकाएको देखिन्छ । चरा, कुखुराबाट जोगाउन उनीहरु धान सुकाएको स्थानमा कुरेर बस्छन् । धान सुकाउन आउनुभएकी स्थानीय रामलक्ष्मी तिमानायले समयमै मल नआउँदा यस वर्ष विगतको तुलनामा धान कम फलेको बताउनु भयो । उहाँले अन्त धान सुकाउन घाम कम लाग्ने भएकाले किराबाट धान जोगाउन धान सुकाउनु परेको बताउनु भयो । त्यस्तै अर्का स्थानीय हरिप्रसाद महोलाले सबै मिलेर धान सुकाउने गरेको बताउनु भयो । उहाँले समयमा नै बीउ र मल नआइपुग्दा विगतको तुलनामा यसवर्ष धान धेरै फल्न नसकेको गुनासो गर्नुभयो ।

पहिला धान चोरी हुने डरले मानिसहरु धान सुकाएकै स्थानमा सुत्थे । अहिले भने सुकाएकै ठाउँमा धानलाई त्रिपालले छोपेर छोड्छन् र ढुक्कले घरमा सुत्छन् । राम्रोसँग नसुकाइ भण्डारण गर्दा धानमा किरा लाग्ने, बिग्रिने गर्दछ । त्यसैले धानलाई राम्रोसँग सुकाउन उनीहरुले खुला ठाउँलाई उपयोग गरेका हुन् ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com