About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

आजबाट बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन शुरु

Darpanpost बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

२ कार्तिक । आजबाट बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन शुरु गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम अनुसार आज र भोलि (बुधवार र बिहीवार) भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइन्छ ।

‘भिटामिन ‘ए’ क्याप्सुल खुवाऔं, बालबालिकालाई स्वास्थ बनाऔं’ भन्ने मूल नाराका साथ शुरु गरिएको कार्यक्रम अन्तर्गत बिहान ८ बजेबाट बेलुका ४ बजेसम्म सञ्चालन भएको छ ।

महिला स्वास्थ्य स्वयम्सेविकाहरुले ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई सो क्याप्सुल खुवाईरहेका छन् । ललितपुर पाटनमा सो क्याप्सुल खुवाईरहेकी महिला स्वास्थ्य स्वयमसेविका दिलशोभा महर्जनले भोलिसम्म सो कार्यक्रम रहेकाले आफ्ना बालबालिकाहरुलाई सो क्याप्सुल खुवाउन नछुटाउनु आग्रह गर्नुभयो ।

सरकारले हरेक वर्ष वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते सो क्याप्सुल र जुकाको औषधि खुवाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com