About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

सफ्ट टेनिसमा प्रहरी र एपीएफलाई एक/एक स्वर्ण

Darpanpost मंगलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१ कार्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सफ्ट टेनिस प्रतियोगितामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफ क्लवले स्वर्ण पदक जितेका छन् ।

पोखरामा जारी प्रतियोगितामा मंगलवार भएको सफ्ट टेनिसको डबल्सतर्फका खेलमा प्रहरी र एपीएफले एक÷एक स्वर्ण पदक जितेका हुन् । पुरुष युगलतर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश नं। १ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गर्दै स्वर्ण जिते । फाइनलमा पराजित प्रदेश नं। १ का युकेश योञ्जन र आशिष बोहराको जोडीले रजत पदक प्राप्त गर्दा वागमती प्रदेशका प्रदीप खत्री र वृजेश पाण्डेको जोडी र गण्डकी प्रदेशका शक्ति शर्मा र धर्मबहादुर लामिछानेको जोडीले काश्य पदकमा चित्त बुझाए ।

यस्तै महिलातर्फ एपीएफले स्वर्ण पदक जित्यो । एपीएफका भगवती बि।क। र समृद्धि महर्जनको जोडीले एपीएफलाई स्वर्ण पदक दिलाएका हुन् । उक्त जोडीले लुम्बिनी प्रदेशका ऋतीका चौधरी र विमला पन्थीको जोडीलाई ५–० को सोझो सेटले पराजित गर्दै स्वर्ण पदक दिलाए । पराजित लुम्बिनी प्रदेशका ऋतीका र विमलाले रजत पदक प्राप्त गरे । यही प्रतिष्पर्धामा प्रदेश १ की श्रेया योञ्जन र श्रेया राईको जोडी तथा नेपाल प्रहरीका विष्णा भण्डारी र सिसम चन्दको जोडीले कास्य पदकमा चित्त बुझाए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com