इटहरी, धनिराम कोरि । ३१ असोज । विदेशमा बसेर पनि नेपाली संगीतक्षेत्रमा सक्रिय रहेका सञ्जय सेन्चुरीका एकपछि अर्को गीतहरू सार्वजनिक भइरहेका छन् । यसैक्रममा भर्खरै मात्र उनको नयाँ गीत मन मीत हौ तिमी सार्वजनिक भएको छ ।
धमेन्द्र सेवानको आवाजमा रहेको यस् गीतलाई जयान जे वाइवाले शब्द तथा संगीत दिएका छन् । पुस्पल खड्का र रुबिना थापा भिडियोमा देख्न सकिन्छ भने यसलाई ज्ञानेन्द्र शर्मा र सन्तोष राजभाकले खिचेका हुन् ।
त्यस्तै, भिडियोको कोरियोग्राफी र निर्देशन भने सञ्जय सेन्चुरीले गरेका हुन् । उनले यस् भिडियोमा प्रेमिल जोडीको रोमान्टिक प्रेम कथालाई देखाउन खोजिएको बताएका छन् । काठमाडौका विभिन्न स्थानहरूमा खिचिएको भिडियो मनमोहक छन् ।
निर्देशक सञ्जय बिगत ५ वर्षदेखि संगीत क्षेत्रमा संघर्ष गर्दै आएका छन् । यसअघि पनि उनको ‘तिम्रो अदा’ नामक गीत सार्वजनिक भइसकेको छ । अस्ट्रेलिया बस्दै आएका सञ्जयको बाबा प्रोडक्सनले आगामी दिनहरूमा पनि सांगीतिक दुनियाँमा अघि बढिरहने बताएको छ ।