About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

निर्वाचन प्रचारप्रसारमा देखिए नवलपरासी सुनवलका स्थानीय तहका पदाधिकारी

सार्वजनिक रुपमा नै प्रचारप्रसार कार्यक्रममा सहभागीता

Darpanpost आइतबार, आश्विन ३०, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी, ३० असोज । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवार र राजनैतिक दलजा प्रतिनिधिहरुले आफ्नो तयारी तिब्र पारिरहेका छन । यसै बिच स्थानीय तहका कर्मचारी र पदाधिकारीलाई निर्वाचन आयोगले आफू निर्वाचित स्थलमा कुनैपनि उम्मेदवारको पक्ष तथा विपक्षमा भोट माग्न प्रचारप्रसार नगर्न, उम्मेदवारको विषयमा गरिएका पोस्ट शेयर नगर्न तथा कुनै पनि पोस्ट नगर्न निर्देशन दिएको छ ।


निर्वाचन आयोगले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई आसन्न निर्वाचनको प्रचारप्रसारमा रोक लगाए पनि आयोगको निर्देशनबमोजिम कार्य भएको देखिदैन । निर्वाचन आचारसंहिता र आयोगको उल्लंघन भने भइ नै राखेका छन । निर्वाचन आचारसंहिताको उल्लंघनको उदाहरणका लागि धेरै टाढा पनि पुग्नु पर्दैन । पश्चिम नवलपरासीमा नै यस्को जल्दोबल्दो उदाहरण भेटिएको छ ।

शनिबार पश्चिम् नवलपरासीको सुनवल नगरपालिकास्थित एक कार्यक्रमका बिच स्थानीय तहका राजनैतिक दलका जनप्रतिनिधिको सहभागीता देखियो त्यो पनि निर्वाचन कार्यक्रम तयारी भेलामा । शनिबार नेकपा एमाले र जनता समाजवादी पार्टी नवलपरासी क्षेत्र नम्बर २ ले संयुक्त रुपमा आयोजना गरेको निर्वाचन कार्यक्रम तयारी भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा सुनवल नगरपालिकाका र रामग्राम नगरपालिकाका गत बैशाखमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरु उपस्थित भए । आयोगको निर्देशन र निर्वाचन आचारसंहिताको चरम बिरुद्धमा गएर हाम्रा राजनैतिक दलका जनप्रतिनिधिले गरेको कार्यको मुल्यांकन कसरी गर्ने त? कानुन नियम र आचारसंहिता सबैका लागि समान हुन, सुनवल र रामग्राम नगरपालिकाका मेयर अनि एमालेबाट निर्वाचीत भएका जनप्रतिनिधि तथा वडाध्यक्षहरुलाइ कानुन, आचारसंहिता निर्बिरोध उल्लंघन गर्ने स्वतन्त्रता छ? यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ । नियम उल्लंघन गरि सार्वजनिक कार्यक्रममा नै सरिक भएर चुनाब प्रचारप्रसार गर्नु कहाको नैतिकता हो? नाइ हुनै सक्दैन यो त सरासर राजनीति हो ।

सार्वजनिक कार्यक्रममा सरिक भएर निर्वाचन प्रचारप्रसार कार्यक्रमको शोभा बढाएको विषयलाई छाडेर सामाजिक संजालको पनि जनप्रतिनिधिका प्रचारप्रसारले अतुलनीय शोभा बढेको छ । शनीबार रात्रीपख सुनवल नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष बिरबल चौधरिले त झन सामाजिक संजालमा जनप्रतिनिधि हुदाहुँदै पनि पार्टीको चुनावी प्रचार गरेर बास्तबमै अतुलनीय कार्य गर्नुभएको छ । उहाले सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै नियम उल्लंघन गरि प्रचारप्रसारमा उल्लेख्य योगदान दिनुभएको छ ।

  • हाम्रा स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुले निर्वाचन आचारसंहिताको जानकारी पाएनन वा निर्वाचन आयोगको निर्देशन थाहा पाएनन ? यो एक आश्चर्यको विषय हो, तर निर्वाचन स्वच्छ, भयरहित, प्रभाबरहित, निष्पक्ष तवरले सप्पन्न हुनु पर्छ । साथै निर्वाचन आचारसंहिताको पनि प्रभावकारी पालना हुन जरुरी छ । जब जिम्मेवार पद धारण गरेका ब्यक्तिहरुबाट नै आचारसंहिता र नियम उल्लंघन हुन्छ तब समाजमा जनतालाइ कसरि नियम र आचारसंहिताका पाठ पढाउन सकिएला त? नियम र आचारसंहिता सबैका लागि समान हुन, त्यस्को सबैले प्रभावकारि रुपमा पालना गर्नुपर्छ । नगर्नेलाइ कडा भन्दा कडा सजाय हुनु पनि अपरिहार्य छ, कडा कारबाहीको ब्यबस्था गरेमा मात्र नियम तथा आचारसंहिता उल्लंघनका घटना भविष्यमा घट्न पाउने छैनन्
तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
मङ्सिर १२ गते सोमबार, भोलेनाथको दर्शन गर्दै हेर्नुहोस तपाइको आजको राशिफल
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com