About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
विश्व हात धुने दिवसको राष्ट्रपति भण्डारीद्धारा शुभकामना व्यक्त

Darpanpost शनिबार, आश्विन २९, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

२९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व हात धुने दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले एक शुभकामना सन्देश जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले विश्व हात धुने दिवसका अवसरमा नेपाल सरकारको अग्रसरतामा ‘हात धुने बानी व्यवहारस स्वस्थ र सभ्य जीवनको आधार’ भन्ने उद्घोषसहित विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गरिरहेका बताउनुभएको छ । उहाँले कोरोना भाइरसको संक्रमणबाट बच्ने प्रमुख उपायहरूमध्ये हातको सरसफाइ एक रहेको उल्लेख गर्नुभयो । भण्डारीले कोरोना भाइरस कोभिड–१९ महामारी अझै पनि रहिरहेकोले तीनै तहका सरकार, विभिन्न सामाजिक संघसंस्थाका साथै निजी क्षेत्रले सञ्चालन गर्दै आएका हातको सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गर्नुभएको छ । उहाँले सबै नेपालीहरूले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन सबैमा आह्वान समेत गर्नुभएको छ ।

आज अक्टोबर ८ अर्थात विश्व हात धुने दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाईदैछ । आज विश्वभर हातको स्वच्छताको लागि विश्वव्यापी ऐक्यबद्धता नाराका साथ र नेपालमा हातको स्वच्छताको लागि विश्वव्यापी ऐक्यवद्धता नाराका साथ विश्व हात धुने दिवस मनाईदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००८ अक्टोबर १५ तारिखदेखि विश्व हात धुने दिवस मनाउन सुरु गरिएको हो ।

साबुनपानीले हात धुँदा झाडापखाला ३० प्रतिशत र श्वासप्रश्वासमा हुँने संक्रमण २० प्रतिशतसम्मले कम हुन्छ । हैजा, ईबोला, सार्स, हेपाटाईटिस ई, कोभिड १९ र शिजेलम जस्ता महामारी निम्त्याउन सक्ने जिवाणुहरुको संक्रमण चक्र तोड्न मद्धत गर्दछ । त्यस्तैगरी स्वास्थ्य संस्थाजन्य संक्रमण विरुद्ध सुरक्षा र प्रति जैविक प्रतिरोध फैलन कम गर्छ । साबुनपानीले हात धँुदा उपेक्षित रोगको न्यूनिकरणमा योगदान पूग्छ ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com