About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

फेश अफ राजधानी-२०२२को बिजेता टिना थापाको संघर्ष

Darpanpost बिहिबार, आश्विन २७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

असोज २७,काठमाडौ । सघर्ष गर्दै छु, एउटा कलाको बाटो रोजेर अगाडि बढदै छु,धेरै उतार-चढाव हुदो रहेछ जिवनमा त्यही उतार चढावलाई बुझेर निरन्तर पाईला चाल्दैछु र राम्रो बाटोको पाइला चाल्ने नै छु ।


मनमा लागेका केही तत्वहरु बाहिर सबैको सामु निकाल्न मन लागेर आफ्नो मनलाई हलुको बनाउदै यो जिवनी आफुमा अधारित गरेको लेख्दै छु।

उदयपुर बाट आएर काठमाडौमा डेरा जमाउदै बसेको ४ बर्ष हुन लाग्दा नि दिन समय कसरी बित्यो अतोपत्तो नै भएन। म टिना थापा अहिले आफ्नो पढाइ कक्षा १२ मा पुर्याएर निरन्तरता दिदै आएको छु।

मलाई सानै देखि अभिनय,फ्याशन,नित्य अनि मोड्लिङ्गमा रुचि लाग्ने गर्थ्यो । अहिले म अभिनय र मोडलिङमा काम गर्दै आइरहेको छु र केही कुरा सिके भने धेरै कुरा सिक्दै छु । हुन त यस क्षेत्रको एउटा छुटटै आफ्नो परिभाषा छ तर कम समयमा सबैलाई बुझाउन सकिँदैन; मैले आफ्नो तर्फबाट सक्दो नबुझ्नेलाई एउटा अधिकारिक रुपमा परिभाषित गर्दै आइराखेको छु ।

जिवनमा केही पाउने हो भने संघर्ष गर्दै जानुपर्छ ।संघर्ष नै जिवनको सत्य हो । संघर्ष र परिश्रम पश्चातको फल मीठो हुन्छ । नेपाली समुदायमा यस्तै एउटा उखान नै प्रचलित छ “परिश्रमको फल मीठो हुन्छ । वास्तवमा नै धेरै बुजेर भनेको थियो त्यो उखान भन्नेले । जिवन्को संघर्षमय यात्रामा उकालो र सिढी चढ्दा खुट्टा ताने हजारौं हुन्छन तरपनि आफनो यात्रामा बिराम लगाउनु हुदैन । निरन्तर अगाडि बढीरहनुपर्दछ ।

खासै धेरै त कला क्षेत्रमा गरेको छैन तर,जति गरेको छु आफुलाई अझै यो भन्दा नि राम्रो गरू जस्तो लागिराख्छ।कला क्षेत्रकाे १ बर्षको यो यात्रामा धेरै कुरा सिक्दै र अनुभव धेरै कुरा बटुले,धेरै कुरा सिके,धेरै कुरा जानिए,धेरै कुरा बुझे र बुझ्दै छु,र अझै सिक्दै छु।

जिवनमा एउटा मोड हुदो रहेछ केही दिन अगाडि फेश अफ राजधानी भने सुन्दरी प्रतियोगितामा भाग लिएर केही सिकेर फेश अफ राजधानीको टाईटल हात पार्न सफल भएकी थिए। विभिन्न कुराहरुको अनुभव समेत भइसकेको थियो, टाईटल पाउन साथ केही कम्पनीको  बिज्ञापन,केही अभिनयको अनुभव ,केहि फ्याशनको मह्त्व बटुलेर अगाडि बढेको म टिना अबको केही दिनमा हाम्रो गौरवमय,कला नै कला भएको ,शृङ्खला नै शृङ्खला भएको देश नेपाललाई प्रतिनिधित्व गर्दै एउटा उच शिखरमा नेपालीहरु बिच फ्याशन र मोड्लिन्ङ्गलाई चिनाउन अब को केही दिनमा सिङ्गापुरको यात्रा पारम्भ हुने छ।

म लगाएत मेरो सम्पूर्ण टिम बाट अझै धेरै कुरा सिक्दै छु र गर्ने नै छु भने आशा बोक्दै तपाईंहरुको मायाको अपेक्षा गरेको छु।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com