२४ असोज । शेयर बजार परीसूचक नेप्समा सोमबार गिरापट आएको छ । नेप्सेमा आज २७ दशमलव १६ अंकले गिरावट आएको छ । यससँगै नेप्से १ हजार ८ सय ७१ दशमलव २२ विन्दुमा झरेको छ ।
आज मुटुअल फण्डबाहेकका सबै कम्पनीका शेयर घटेका छन् । आज सबैभन्दा धेरैँ विकास बैँक, फाईनान्स, हाईड्रोपावर कम्पनीका शेयर ओरालो लागेका छन् ।
आज २ सय ३३ कम्पनीका ३१ लाख ५५ हजार ६ सय ९५ कित्ता शेयर ९७ लाख १७ हजार ६७ हजार ७ सय १४ मा कारोबार भएको छ ।