२४ असोज । आज सुनचाँदीको मूल्यमा घटेकोे छ । हिजो ९६ हजार रपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९५ हजार २ सय रपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १ हजार २ सय ५५ मा कारोबार भएको चाँदी आज आज प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।