काठमाडौं । २४ असोज । ‘पोस्ट फर प्लानेट’ भन्ने नाराका साथ १४८ औं विश्व हुलाक सेवा दिवस नेपालमा पनि जिल्ला स्तर र केन्द्रम समेत बिबिध कार्यक्रम सहित मनाईएको छ । उक्त अवसरमा हुलाक सेवा विभागले हुलाक सेवाको सान्दर्भिकता विषयमा अन्तर्कृया कार्यक्रमको समेत आयोजना गरेको थियो।
आइतबार राजधानीमा आयोजित अन्तर्कृयामा सन्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा .बैकुण्ठ अर्यालले बदलिँदो परिवेश अनुसार विभागले आफ्नो सेवालाई थप परिस्कृत , प्रतिश्प्रधि र ब्यबसायिक बनाउनु पर्ने बताए । उनले हुलाक सेवाको विकास र विस्तारको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
पछिल्लो समय सूचना र प्रविधीले फड्को मारिरहेको अवस्थामा हुलाकमार्फत हुने गतिविधीमा कमि आएको देखिन्छ । तर विभागकी महानिर्देशक इन्दु घिमिरेले भने अझै पनि हुलाकको महत्त्वमा कमि नआएको बताइन । उक्त अवसरमा विभागले उत्कृष्ट तीन कर्मचारीलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेमा श्रीप्रसाद खनाल, रामप्रसाद गैंडा र मनोज नगरकोटी रहेका छन ।
विभागले आइतबार देखिनै वितरण हुने गरि पाँच र दस मूल्यका हुलाक टिकटमा टाँचा लगाई सार्वजनिक गरेको छ । चर्चामा रहेका हिम टाकुरा, प्रशिद्ध धार्मिक स्थल तथा लोपोन्मुख औशधिय वनस्पतिलाई समेटेर १३ वटा टिकटमा टाँचा लगाई सार्वजनिक गरिएको विभागले जनाएको छ । हुलाक सेवा बिभागमा आयोजित उक्त कार्यक्रममा बिभाग अन्तर्गतका बिभिन्न ४ कार्यालयका प्रमुखहरुले आ आफ्ना कार्याल्यका समस्या र समाधानका सुझाव प्रस्तुत गरेका थिए ।