अजय मिश्र, कपिलवस्तु, असोज २३ । कपिलवस्तु जिल्ला लगायत देशभर आज प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि उमेदवारी दिनेको भिड भाड देख्न सकिन्छ ।
सोही क्रममा पांच दलिय गठबंधन बाट कपिलवस्तु क्षेत्र नं ३ मा अभिषेक प्रताप शाह ले नेपाली कांग्रेस बाट उमेदवारी दिएका छन् l साथै प्रदेश सभा सदस्य क्षेत्र नं ३ (क) बाट माओबादी केन्द्रका तर्फबाट साझा उमेदवार एहसान अहमद खानले उमेदवारी दिएका छन् भने प्रदेश नं ३ (ख) बाट नेपाली कांग्रेस बाट बिरेंद्र कुमार कनोडियाले उम्मेदवारी दिएका छन् ।
संचारकर्मी संग कुरा गर्दै प्रतिनिधि सभा सदस्यका उमेदवार अभिषेक प्रताप शाहले क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि लगायत अन्य क्षेत्रको विकास गर्दे आएको र अझ विकास गर्ने उद्देश्यका साथ आफू उम्मेदवारी दिएको बताए l
उक्त उम्मेदवारी दर्तामा वडा कमिटी, नगर कमिटी, क्षेत्रीए कमिटी, जिल्ला कमिटीका पदाधिकारी हरु, पार्टी समर्थक, शुभचिंतक लगायतका नेताहरुको उपस्थितिमा चन्द्रौटामा र्यालि समेत गरिएको थियो ।