अजय मिश्र, असोज २३ ।कपिलवस्तु जिल्ला लगायत देशभर आज प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि उमेदवारी दिनेको भिड भाड देख्न सकिन्छ ।
जनता प्रगतिशील पार्टी बाट कपिलवस्तु क्षेत्र नं ३ प्रतिनिधि सभामा जनता प्रगतिशील पार्टी नेपालका महासचिव तथा पूर्व मंत्री समेत रहेका ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले मनोनयन उमेदवारी दर्ता गराएका छन् । कपिलवस्तु जिल्लाको क्षेत्र नं ३ ख बाट प्रदेश सभा सदस्यमा मिर्जा राशिद बेगले निर्वाचनको क्षेत्रीय कार्यालय रहेको चन्द्रौटामा मनोनयन उम्मेदवारी दर्ता गरेका छन ।
मिर्जा तथा मिश्रले समर्थकका साथ निस्किएको रैली सहित निर्वाचनको क्षेत्रिय कार्यालय चन्द्रौटामा उम्मेदवारी दर्ता गरेका छन् l
मिश्र मंत्री भएको बेला क्षेत्र तथा जिल्लामा विकास गरेका र उहां पछि हारे पनि क्षेत्रमा करोडौं को बजेट ल्याउन सक्रिय भूमिका निर्वाह गरेकाले उनि एक विकास प्रेमी नेता रहेको क्षेत्रवासिको भनाई रहेको छ साथै उनलाई जनताको साथ र समर्थन रहने पार्टी समर्थक तथा शुभचिन्तकहरूले बताए l
यता भने ३ ख प्रदेश सभा सदस्यमा मनोनयन दर्ता गराएका मिर्जा राशिद बेग नेकपा एमाले कृष्णनगर नगर सचिवालय सदस्य तथा राष्ट्रीय युवा संघ कृष्णनगर अध्यक्ष रहेका थिए । तर उनी स्थानीय तहको चुनावमा मेयरको टिकट माग्दा प्रदेश सभा सदस्यमा टिकट पाउने पार्टी अग्र पंक्तिको आश्वासन पाए पश्चात पछि हटेका थिए तर फेरि पार्टीले टिकट न दिए पछि आफू जनता प्रगतिशील पार्टी नेपाल रोजेर जनताको सेवा गर्ने मौका जनताले दिने विश्वासका साथ चुनावमा सहभागी भएको बताए ।
उक्त उम्मेदवारी दर्तामा जनता प्रगतिशील पार्टी नेपालको वडा कमिटी, नगर कमिटी, क्षेत्रीए कमिटी, जिल्ला कमिटी का पदाधिकारी हरु, पार्टी समर्थक, शुभचिंतक लगायतका नेताहरुको उपस्थितिमा चनद्रौटामा रैली समेत गरिएको थियो ।