२३ असोज । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपि शर्मा ओलिले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । ओलिले झापा जिल्ला क्षेत्र नम्बर ५ देखि उम्मेद्बारी मनोनयन दर्ता गराउनुभएको हो ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मन्सिर ४ गते एकै चरणमा हुन गइरहेको छ ।