About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
भ्रष्टाचारको रकमबाट देशको आधा विकास गर्न सकिन्छ: दल बहादुर थापा

Darpanpost आइतबार, आश्विन २३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

मनजित  चौधरी, देवदह । राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्ष उम्मेदवारहरुको आइतबार रुपन्देही निर्वाचन अधिकृतको कार्यालय  देवदह नगरपालिका वडा नं. ७ शीतलनगरमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ ।

प्रतिनिधि सभा सदस्यमा दल बहादुर थापा र प्रदेश सभा सदस्य (क) बाट प्रेम बहादुर थापा र (ख) बाट रेखाप्रसाद चौधरीको उम्मेदवारी मनोनयन दर्ता भएको हो ।

मनोनयन दर्ता भएलगत्तै प्रतिनिधि सभा सदस्यका उम्मेदवार दल बहादुर थापाले पत्रकारसँग भेटवार्ता गर्दै सम्पन्न स्थानीय चुनावको दृष्टान्तलाई नियाँल्दा हर्क साम्पाङ्ग र बालेन साह जस्ता युवाहरुले देशको लागि उदाहरणीय काम गरेको औल्याउँदै अब देश बचाउँन र बनाउनका लागि युवाको खाँचो रहेको र देशकै एक सच्चा र इमान्दार राष्ट्रिय जनमुक्ति पार्टीलाई जिताउनै पर्ने जिकीर गर्नुभयो । आजसम्मको प्रजातान्त्रिक अभ्यासमा पितृ परेका बैशाखीमा टेकेर र्याल चुहाउनेहरुले देश कायापलट गर्न नसकेको आरोप लगाउँदै उम्मेदवार थापाले अब देश समृद्ध र सबल बनाउन युवाहरु राजनीतिमा आउनुपर्ने बताउनुभयो । उहाँले ट्रान्सप्यारेन्सी इन्टरनेशनलको तथ्यांक अनुसार नेपाल विश्वकै ११७ औ र दक्षिण एसियाकै चौथो भ्रष्टाचारको सूचीमा सूचिकृत रहेको प्रष्ट्याउँदै मुलुकलाई भ्रष्टाचारमुक्त गर्न सके सोही रकमले देशको आधा विकास गर्न सकिने दाबी गर्नुभयो ।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यतर्फ केशब सूर्यवंशी र प्रदेश सभा सदस्य (क) बाट बिमला गुरुङ्ग र (ख) बाट छत्र दर्लामीको उम्मेदवारी मनोनयन दर्ता भएको छ । निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यतर्फ मोजिब अली र प्रदेश सभा सदस्य (क) बाट प्रेम बहादुर गुरुङ्ग र (ख) बाट मिन बहादुर पल्ली, निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यतर्फ जोहर अली र प्रदेश सभा सदस्य (क) बाट राकेश हरिजन र (ख) बाट गायत्री चाई र निर्वाचन क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यतर्फ भैर बहादुर थापा र प्रदेश सभा सदस्य (क) बाट लिल बहादुर दर्लामी र (ख) बाट मोहम्मद उमर मुसलमानको उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com