२३ असोज । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले संयूक्त रुपमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । उक्त कार्यक्रममा पोखरा महानगर प्रमुख आचार्यले बलिङ र राखेप सदस्य सचिव घिसिङले ब्याटिङ गरी प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको खेलमा कुल ९ टिमको सहभागिता रहेको छ । जसअनुसार समूह ‘ए’ मा एपीएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् । त्यसैगरी समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन् ।