About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

नेता घनश्याम भुसाललाई गठबन्धनको समर्थनसंगै रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी

Darpanpost आइतबार, आश्विन २३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाललाई गठबन्धनको समर्थनसंगै रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा ।
आइतबार आफ्नै निवासमा पत्रकार सम्मलेन गर्दै भुसालले वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

४५ वर्ष नेकपा एमालेमा बिताएका भुसालले आसन्न निर्वाचनका लागी टिकट नपाएपछि शनिवार पार्टी परित्याग गर्नुभएको घोषणा गर्नुभएको थियो । पत्रकार सम्मेलनमा भुसालले अध्यक्ष ओलीले निरकुंश तानाशाही विधि,पद्धति केही पनि नमानी एकलौटी ढङ्गले पार्टी संचालन गरेको भन्दै आफु बाध्य भएर पार्टी त्याग गरेको बताउनु भयो ।

उहाँले आफूलाई सत्तारुढ गठबन्धनका दलहरुले समर्थन गर्ने प्रतिवद्धता जनाएको तथा नेकपा माओवादी केन्द्रले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि आफूले स्वतन्त्रबाटै उम्मेदवारी दिने बताउनु भयो ।

भुसालले आफू राजनीतिक मान्छे भएका कारण अरू क्षेत्रबाट राजनीतिमा योगदान हुन सके पनि संसदबाटै प्रभावकारी हुने भएका कारण चुनावमा उठ्न लागेको बताउदै देश विकास र वाम एकतालाई अझ बलियो बनाउन आफु लाग्ने बताउनुभयो ,। उक्त पत्रकार सम्मेलनमा भुषालले वाम सिद्धान्त मिले कुनै एक पाटीमा लाग्ने र एमालेमा कहिले पनि नफर्कने समेत बताउनु भयो ।

रुपन्देही क्षेत्र न। १ बाट नेकपा एमालेले छविलाल विश्वकर्मालाई चुनावी मैदानमा उतारेको छ भने गठबन्धनको सहयोगमा धनश्याम भुसाललाई स्वतन्त्र उम्मेदवारीका रुपमा चुनावी मैदानमा उत्रेको छ । राप्रपाले नेकपा एमालेलाई सहयोग गर्ने जनाएको छ ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
मङ्सिर १२ गते सोमबार, भोलेनाथको दर्शन गर्दै हेर्नुहोस तपाइको आजको राशिफल
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com