धनिराम कोरि । कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालकाे भातृ संगठन समाजवादी युवा संघ लुम्बिनी प्रदेश सदस्य एवम् कपिलवस्तु जिल्ला कार्यसमिति सदस्य राकेश यादवले पार्टी परित्याग गरेका छन् ।
लामाे समय देखि जनता समाजवादी पार्टीमा रहेर पार्टीको कार्यक्रम , विभिन्न अान्दोलनमा अग्र पंक्तिमा रही भुमिका निर्वाह गर्दै अाएकाे र समयमा पार्टीले याेगदान काे मुल्यांकन नगरेको कारण सबै पद र साधारण सदस्य समेत नरहने गरी राजिनामा पत्र लेखेर पार्टी परित्याग गरेको घाेषणा गरेका छन् ।