रोशन अस्लामी/ मनजीत चौधरी, बुटवल । २३ असोज । बहुजातीय लोकतान्त्रिक समाजबादको मार्गमा होमिनु भएका राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद उपाध्यक्ष काजीमान आत्रेय ज्युको बिशेष पहलमा पर्साका चर्चित स्वास्थ्य चिकित्सक डा. हसिबुर्हमान (नेकपा, माओबादी केन्द्र) परित्याग गरी राष्ट्रिय जनमुक्ति पार्टीमा प्रबेस गर्नु भएको छ । डा अन्सारी लामो समय सम्म माओबादीमा कृयाशिल रही आएका थिए ।
डा. अन्सारीलाई पार्टी उपाध्यक्ष आत्रेयले खादा लगाई पार्टीको आधिकारिक दस्तावेज हस्तान्तरण गर्दै स-सम्मान स्वागत गर्नु भएको थियो भने पार्टी सचिबालय सदस्य रोशन अस्लामी, पार्टीका सिराहा क्षेत्र नम्बर-१ प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र पाख्रीनले पनि खादा लगाइ बधाई तथा स्वागत गरेका थिए ।
नेता अन्सारीले बहुजातीय लोकतान्त्रिक समाजबादको मार्गलाई बिजारोपण गर्न पर्सा क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार दिने घोषणा गर्नु भएको छ। मुलुकमा दलिय ब्यबस्था छ, तसर्थ दलको बिकल्प दल नै हो, सबै दललाई हेरियो अब एक पटक नेपाली जनताले राष्ट्रिय जनमुक्ति पार्टीलाई हेर्न बाकी रहेको बताउँदै नेता अन्सारीले जनमुक्तिले तीन दशक देखी निरन्तर जनताको आवाज बुलुन्द गर्दै आईरहेको हुँदा अब नेपाली जनता मनि र मशलको पछी नलागी निष्ठा र ईमान्दारिताको पक्षमा उभिएको दललाई समर्थन गर्न अति आवश्यक रहेको जिकीर बताए। नेता अन्सारीले आसन्न निर्वाचन मंसिर-४ गते घर चिन्ह मा मतदान गरी राष्ट्रिय जनमुक्ति पार्टीका सबै उम्मेदवारहरुलाई बिजयी बनाउन आह्वान समेत गरे ।