About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
१४९७ औं मोहम्मद जन्म जयन्तीको अवसरमा पाल्हिनंदन गाउपालिकाद्वारा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न

Darpanpost आइतबार, आश्विन २३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

२२ असोज । नवलपरासीको पाल्हिनंदन गाउपालिकाले १४९७ औं बारह रविउल अव्वल(मोहम्मद जन्म जयन्ती)को पावन अवसरमा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै गाउपालिकाले १४९७ औं बारह रविउल अव्वल(मोहम्मद जन्म जयन्तीको पावन अवसरमा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले धार्मिक सहिष्णुता र एकता नै नेपालिहरुको गौरब र पहिचान रहेको बताएका थिए । उनिहरुले धार्मिक सहिष्णुताले नै समाजमा अमनचयन कायम भएको बताएका छन ।

उक्त कार्यक्रममा सरावल गाउपालिकाका उपाध्यक्ष, स्थानिय नेतागण, समाज सेवी, मदरसाका अध्यक्ष , मदरसाका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो ।

उक्त शुभकामना आदानप्रदान कार्यक्रम पाल्हिनंदन गाउपालिकाका कार्यबाहक अध्यक्ष फातुमा खातुन अंसारीको अध्यक्षता, निवर्तमान मा.वैजनाथ जैसवालको प्रमुख अतिथ्यता, सुनवल नगरपालिकाका नगर प्रमुख , बर्दघाट न.प का नगर प्रमुख ,प्रतापपूर गा.पा.का अध्यक्ष,सुस्ता गाउपालिकाका अध्यक्ष विशिष्ट अतिथ्यतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com