About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
नवलपरासीमा सार्वजनिक भयो ठगिको डरलाग्दो घटना : पिडित मिडियामा

Darpanpost शनिबार, आश्विन २२, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

बिमल भट्टराई, नवलपरासी, २२ असोज । चेक बाउन्स, ठगि जस्ता मुद्दा नेपालमा नौला कुरा होइनन । दिनदिनै त्यस्ता कुरा सामाजिक संजालमा आइ नै रहन्छन । एउटा एस्तै घटना नवलपरासीमा पनि घटेको छ । सवारी साधनको लागि पैसा भुक्तानी गरेपनि बर्षाैसम्म पनि सवारी साधन प्राप्त नभएपछी सुनवल नगरपालिका वडा नम्बर ९ का बिश्वनाथ कलवारले आफुमाथी भएको अन्याय र ठगीको घटना सार्वजनिक गर्नुभएको हो । उहाले आज एक पत्रकार सम्मेलन गर्दै उक्त घटना सार्वजनिक गर्नुभएको हो ।

कारोबार स्वरुप आफुले पैसा दिएपछी २ महिनामा सब मिलाइदिन्छु भनेर मोहद्दिन भाटको नाति, नैनतुल्लाह भाटको छोरा, रुपन्देही रोहिणी नगरपालिका वडा नम्बर ९ घर भइ हाल नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ८ बस्ने आलम भाटले भनेको तर आफुलाइ झुलाएको बताउनुभयो । भाटले सबै मिलाइदिने भनेपछि सहमत भएको बताउदै कलवारले सहमतिपश्चात् चेक घर छ भनेर लफडामा भुलाएको कलवारले प्रष्ट पार्नुभयो । कलवारले आफुलाइ भाट्ले विभिन्न बाहाना बनाएर आफुलाइ १ डेढ बर्ष अल्मलाएको बताउनुभयो ।

कलवारले पत्रकार सम्मेलनमा बोल्दै साथिहरुको सल्लाहपस्चात अर्को गाडी दिने प्रक्रियामा गएको बताउनुभयो । तर त्यो पनि विभिन्न बहाना गराएर टारेको बताउनुभयो । कलवारले आफुलाइ विभिन्न बहाना बहाना बनाउदै झुलाएजो बताउदै लजडाउन सकिएपछी केहि कारोबार बाकी छैन भन्ने हल्ला फिजाइएको बताउनुभयो ।
त्यसपछी आफुले मुदा दर्ता गरेको र मुद्दा चलेजो पिडित कलवार बताउनुहुन्छ ।

यसैबिच पछिल्ला दिनहरुमा भाटले कलवारको फेक फेसबुक आइडी बनाएर आफ्नै बारेमा नराम्रो पोस्ट र प्रतिक्रिया दिन लागेको जानकारहरु बताउछन ।

कलवारले भाटको वकिलले “यो केश मिल्छ, समय दिन पर्यो” भनेको बताउदै उहाले आफुले त्यत्रो समय आफुले पर्खिएको र केही समय कुर्न समस्या नभएको भनेर आफुले सहमती जनाएको बताउनुभयो । कलकारले मेलमिलापमा जाने कुरा भएपछि प्रतिवादीले जग्गा दिने भनेर भनेको भएर आफुले जे दिए पनि हुन्छ भनेको बताउनुभयो । तर त्यो पनि प्रतिवादीले आफुलाइ उपलब्ध नगराएको वताउनुभयो ।उहाले एक एक पैसाको निकास लगाउनु पर्ने बताउनुभयो । आफ्नो पनि समस्या रगेको उल्लेख गर्दै आफ्नो घर पनि निलामिको अवस्थामा आएको बताउनुभयो ।
उहाले प्रतिवादिले आफुलाइ झुलाएको र रकम पनि नदिएको भएर पत्रकार सम्मेलन गरेको बताउनुभयो ।

नवलपरासी जिल्ला अदालतले आलम भाटलाइ यहि साउन १ गते मुलुकी देवानी कार्यबिधी संहिता २०७४को दफा २४२ (३) बमोजिम बिगो रकम दाखिल गर्न ३५ दिने सुचना जारि गरेको थियो । आज पत्रकार सम्मेलनको आयोजना गर्दै ३५ दिने सुचना सार्वजनिक गरेको थियो ।

मोहद्दिन भाटको नाति, नैनतुल्लाह भाटको छोरा, रुपन्देही रोहिणी नगरपालिका वडा नम्बर ९ घर भइ हाल नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ८ बस्ने बस्दै आएका छन ।

भाटले यहि सुनवल नगरपालिकाका ४२ वर्षिय बिस्वनाथ कलवारलाइ अनादर भएको चेक दिएका थिए । उक्त चेक रकम रु ३३ लाख ५० हजार रुपैयाको थियो । चेक अनादर हुनु गैरकानुनि अपराध होर त्यसो गरेमा कानुनबमोजिम कारवाहि हुन्छ ।

अदालतले भाटलाइ म्याद सुचना बुझेको ३५ दिनभित्र बिगो रकम बुझाउन निर्देशन दिएको थियो । अदालतको निर्देशन पालना नगरी बिगो रकम नबुझाए वा रकम दाखिला नगरे वादिले देखाएको प्रतिवादीको जायजेथा, सम्पत्ती लिलाम गर्ने चेतावनी समेत दिएको थियो । अदालतले पछि उक्त विषयमा उजुरवाजुर नलाग्ने समेर स्पष्ट पारेको थियो । तर भाटले अदालतको निर्देशन पालना गरेका छैनन । कलवार र भाटको मुद्दा  अदालतमा चलीरहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com