About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
युवा नेता मणि न्यौपानेलाई जिताउन रुपन्देहीमा सर्वत्र माग

Darpanpost शनिबार, आश्विन २२, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

दिपा न्यौपाने, २२ असोज । रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा युवा नेता मणि न्यौपाने को नाम आएपछि सामाजिक सञ्जाल, चिया पसल तथा चोक चोकमा उनको चर्चा हुँदै आएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा नेता न्यौपाने को नाम सिफारिस भएपछि उनलाई जिताउन सामाजिक सञ्जालमा माग समेत हुन थालेको छ । सामाजिक सञ्जालमा शुभेच्छुकहरुले उनलाई सफलताको शुभकामना समेत दिइरहेका छन् ।

सम्पुर्ण युवा तथा क्षेत्रबासिको साथ रहेकाले निर्वाचन जित्ने न्यौपाने ले बताए । एमाले को विकास को मोडल देखिसके गठबंधन संग त उम्मेदवार नै छैन त्यसैले साच्चिकै यो क्षेत्र को माटो बुझेको यो क्षेत्रको आवश्यकता र महत्व बुझेको एक मात्रै निर्विकल्प उम्मेदवार म‌ नै हो त्यसमाथि अनुभवी युवा त्यसैले अत्याधिक बहुमत का साथ हामि चुनाव जित्छौ ।

राजनीतिक र सामाजिक क्षेत्रमा निरन्तर क्रियाशिल रहेको र जनतासँग नजिक रहनु नै आफ्नो जीतको आधार रहेको उनको भनाइ छ । उनले भने, ‘राजनीति पेशा होइन, सेवा हो, म जनताको सेवा गर्न चाहन्छु ।’

लियो जिल्ला परिषद ३२५ पी नेपालका जिल्ला परिषद सचिव रविन जोसि ले युवा नेता मणि न्यौपाने जित्ने धेरै आधार रहेको बताए । उनले भने, ‘सर्वप्रथम उहाँ युवा नेता हुनुहुन्छ, त्यस्तै उहाँ स्पष्ट योजना नीति तथा कार्यक्रमसहितको नेतृत्व गर्ने क्षमता भएको व्यक्ति हुनुहुन्छ ।

लियो क्लब अफ तिलोत्तमा भृकुटी टाउनका अध्यक्ष दिलिप पोख्रेलले मणि न्यौपाने युवा वर्गमा चर्चित नाम भएको बताए । उनले भने, ‘लियो डिष्ट्रिकको नेतृत्व सम्हालिरहनु भएका युवा नेता न्यौपाने ले जनताको पक्षमा काम गर्न सक्नुहुन्छ भन्नेमा विश्वस्त छौं । ’ युवाले नै अब जिम्मेवारी लिनुपर्ने र युवाबाट जनताले विकासको अपेक्षा गरेको उनको भनाइ छ ।

को हुन् लिला मणि न्यौपाने?

वि.सं. २०५९साल भदौ ३० गते रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ मा जन्मिएका लिला मणि न्यौपाने राजनीतिक तथा सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील युवा नेता हुन्। २०६२-६३ को जनआन्दोलन बाट सक्रिय ढंगले राजनिति मा लाग्दै विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन् । नयाँ शक्ति नेपाल
पार्टी को युवा को रुपन्देही जिल्ला सचिव पनि भइसकेका छन्।

कम्युनिष्ट पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका ३० वर्षिय न्यौपाने राजनीतिकसँगै विभिन्न सामाजिक संघ–संस्थाको नेतृत्व समेत गरिसकेका छन् । उनी लियो क्लब अफ तिलोत्तमा भृकुटी टाउनका संस्थापक सदस्य हुन् । त्यस्तै लियो क्लब अफ तिलोत्तमा भृकुटी टाउनको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका न्यौपाने लियो क्लब डिष्ट्रिक ३२५ बी २ नेपालका उपाध्यक्ष तथा लियो नेपाल को राष्ट्रिय कोषाध्यक्ष समेत भइसकेका छन् । त्यस्तै उनि लियो जिल्ला परिषद ३२५ पि नेपाल को अध्यक्ष समेत छन् ।

आफ्ना मामाको प्रेरणाबाट राजनीति क्षेत्रमा लागेका युवा नेता न्यौपाने निरन्तर सोही क्षेत्रमा क्रियाशिल छन् । मणिका मामा रमेश भट्टराई नेकपा माओवादीका जनयुद्धमा सेना द्वारा बेपत्ता पारिएका यौद्धा हुन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com