About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
झाडापखाला, डेङु र हैजाबाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध

Darpanpost शुक्रबार, आश्विन २१, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

२१ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखाला, डेङु र हैजाबाट बच्न अनुरोध गरेको छ । मन्त्रालयले एक सुचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

अविरल रुपमा परिरहेको बर्षाले झाडापखाला, डेङु र हैजाको जोखिम बढेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले झाडापखाला र हैजाबाट बच्न पानि उमालेर वा क्लोरिन गरेर पिउन, ब्यक्तिगत सरसफाइमा ध्यान दिन, बासी सडेगलेको खाना नखान, खाना छोपेर राख्न तथा काचै खाने फलफुल र तरकारीको सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ ।

मन्त्रालयले डेङुबाट बच्नलाइ सरसफाइमा विशेष ध्यान दिन भनेको छ म स्वास्थ्य मन्त्रालयले डेङुबाट बच्न घर र कार्यस्थम वरपर पानी जम्न नदिन, झ्याल्ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउन, सुत्दा झुलको प्रयोग गर्न, पुरै शरीर ढाक्ने लुगा लगाउन अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खाद्यान्न तथा खानेओआनी बितरक निकाय तथा सरोकारवालालाइ सचेत रहन अनुरोध गरेको छ । मन्त्रालयले खुला रुपमा दिशापिसाब नगर्न र साबुनपानीले हात धुनसमेत सुझाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com