२१ असोज । जिल्ला प्रहरी कार्यालय सुस्ता पुर्वले मध्यबिन्दु नगरपालिका वडा नं.२ भुताहा स्थित नारायणी नदिको बहाव बढेकाले जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारेको छ । ४ दिनदेखिको अबिरल बर्षा, हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । नारायणी नदिको बहाब बढेपछी अत्यधिक जोखिम रहेको स्थानमा रहेको बस्ती स्थानान्तरण गरिएको हो ।
त्यस्तै प्रहरीले गैडाकोट नगरपालिका वडा नं.-२ नारायणी नदि किनारमा अवस्थित बोटे टोलमा रहेका ८० वटा घर धुरीमा एक्कासी नारायणी नदिको पानी पस्न गई पिडित भएका विस्थापित परिवारहरु, चौपाय र सामानहरुलाई गैडाकोट नगरपालिका वडा नं.-२ का वडा अध्यक्ष र प्रहरीको सहकार्यमा ऐ.ऐ.स्थित रहेको अक्सफोर्ड कलेज र ऐ.ऐ.स्थानमा रहेका महेन्द्र स्मारक आधारभुत विद्यालयमा सुरक्षित स्थानमा उद्धार गरेको छ ।