नवलपरासी, असोज २० । निर्वाचन आयोग नेपालको कार्यतालिका बमोजिम नवलपरासी पश्चिममा पनि आजदेखी संघिय तथ प्रदेश निर्वाचन प्रक्रिया सुरु भएको छ ।
नवलपरासी पश्चिमको सदरमुकाम परासीमा मुख्य निर्वाचन अधिकृृतको कार्यालय आज स्थापना भएको छ । सदरमुकाम परासीमा रहेको कृषिज्ञान केन्द्र परिषर स्थित एक भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको एक कार्यक्रमका विच सुभारम्भ भएको होे ।
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नवलपरासी पश्चिममा प्र्रमुख निर्वाचन आयुक्तका रुपमा श्रीमान् खडानन्द तिवारी नियुक्त हुनुभएको छ ।
कार्यालय सुभारम्भ कार्यक्रममा राजनैतिक दलका प्रतिनिधिहरुले कार्यालय उदघाटन वारे निर्वाचन आयोगको तर्फबाट राजनैतिक दलहरुलाई प्रयाप्त सुचना प्रेषण नगरिएको भन्दै आगामी दिनका लागि नदोहोरयाउन सचेत समेत गराएका थिए ।
यसै गरि आजै क्षेत्र न २का लागि वर्दघाटमा निर्वाचन अधिकृतको कार्यालयको समेत सुभारम्भ गरिएको छ । जिल्ला अदालत नवलपरासीका मुख्य न्यायधिस एवंंं क्षेत्र नं १का प्रमुख निर्वाचन अधिकृत तिवारीले कार्यालयको सुभारम्भ गर्नुभएको थियो ।
क्षेत्र नं २को निर्वाचन अधिकृतका रुपमा न्याय परिषद सचिवालयका उपसचिव दुर्गा प्र. भटराई तोकिनु भएको छ भने मुख्य निर्र्वाचन अधिकृतका रुपमा खडानन्द तिवारी नै तोकिनु भएको छ ।
कार्यालय सुभारम्भ कार्यक्रममा प्रमुख जिल्लाधिकारी श्रवण कुमार पोखरेल, राजनितिक दलका प्रतिनिधि, पत्रकारहरुको उपस्थिती रहेको थियो ।
जिल्लामा पछिल्लो अध्यावधिक विवरणअनुसार कुल २ लाख ३७ हजार १ सय २५ मतदाताले मतदान गर्न सक्ने जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीले वताउनु भएको छ ।
जिल्लामा १२० मतदानस्थलमा २८७ केन्द्र मार्फत मतदान हुने निर्वाचन कार्यालय नवलपरासी पश्चिमले जानकारी दिएको छ ।
निर्वाचन आयोगको तालिका अनुसार देशभर २३ गते उम्मेदवारको मनोनयन गर्ने तालिका रहेको छ ।