About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

शिर्षक बिनाको कविता

सन्जिला विश्वकर्मा ( वि पि ) बिहिबार, आश्विन २०, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

नमिलेको व्याकरण, अशुद्ध शब्दहरु
अलिकति मिलाउन खोज्दै भाषा
रातको दुई बजे निद्राबाट बिउझिएर
सेतो पानालाई पेन्सिलको रङले
रङ्गाउदै लेख्दै छु
शिर्षक बिनाको कविता

म लेख्न जानेका लेखकहरु भित्र पर्दिन
मलाई थाहा छ म लेखक होइन
मलाई कविताका नियम थाहा छैन
मलाई कविताका प्रकार थाहा छैन
मेरा शब्दमा दम छैन , यथार्थ छैन
खै फेरिपनी किन लेख्दै छु
शिर्षक बिनाको कविता

कविताको शिर्षक नभेटाको मैले
कथा कसरी लेख्छु होला
हिमालका कथा , पहाडका कथा,
तराईका कथा , मधेसका कथा, देशका कथा
अरे घरकी आमालाई नबुझेको मैले
देशकी आमालाई बुझेर कसरी कविता लेख्नु
तर पेन्सिल रोकिएन
झन्झन् आकार लिदै गयो बन्दै गयो
शिर्षक बिनाको कविता

हतासले हतार गर्दै जादा
एकैछिन रोकिएर सोचे लाग्यो
प्रतियोगितामा सहभागी हुनैपर्छ
म कस्तो छु , म कस्तो हु , म के गर्छु
निर्णायक मण्डलमा बस्नेहरुलाई थाहा हुनैपर्छ ,
किनभने उहाँहरुले कविता लेख्नुहुन्छ ,
लेखक हुनुहुन्छ
उहाँका कविताका शिर्षक पनि छन्

म धेरै लेख्न चाहान्छु
सक्छु सक्दिन मलाई थाहा छैन
म सुनाउन चाहान्छु
साथिभाईले जिस्काउने
यहि तोते बोलिको माध्यमबाट

= आफ्नै बाबू दाजुबाट बलात्कृत छोरीबहिनिको आवाज

= आफ्नै परिवार समाजबाट अपहेलित विदुवा नारी आमाको आवाज

= सडकमा हराएका कोपिलाहरुको आवाज

= पश्चिम रुकुम , कर्णाली , मधेस र मधेसी महिलाहरुको आवाज

= जात, धर्म , कला सस्कृतीको नाममा दबाईएको आवाज

मलाई बोल्नु छ , भन्नू छ , सुनाउनु छ
लेख्नुपनी छ नजानिनजानी
शिर्षक बिनाका कविता

अलिकति भएको विकासको बारेमा
म ताली बजाउदै बोल्ने छु
बस्न त म देशको राजधानीमा बस्छु
मेरा घरबेटीको घर पाँच तलाको छ
घरबेटीको घरको कोठाको लम्बाई चौडाई
पाँच फिट जेनतेन पुग्छ होला जहाँ म बस्छु

म राम्रो विद्यार्थी पनि होईन ,
न विद्यार्थी राजनीति गर्न सके ,
न राम्ररी प्रथम हुनेगरी पढ्न सके
म राम्रो सन्तान पनि होईन ,
न बाबुआमाले देखाएको बाटो हिडे ,
न आफुले आफैलाई लायक बनाए

बर्शौ भयो घर छोडेको !
दिन जागीरको लागि अन्तर्वार्ता दिदै जान्छ
रात दिनलाई सम्झिदै जान्छ

बर्शौ भयो ननिदाएको !
त्यसैले त बडो लेख्ने भएको छु
आफैले आफैलाई खोतल्ने हिम्मत छैन,
महान बन्नको लागि भएनभएका
मिल्दैनमिलेका कविता लेख्छु ।।

म बडो शान्त स्वभावको मान्छे हो
मन भित्र अनेकौं युद्ध हुन्छन्
फेरि पनि म शान्त छु ,
युद्धलाई ऐतिहासिक बनाउन इतिहास लेख्दै छु ।

भाषा , लिपि मेरो क्षमताको कुरा हुँदै होइन ,
छेउटुप्पो बिनाको लेखन
अलिकति सत्यता बिचकै भएपनी
किन जन्मियो , किन लेखे , कसलाई लेखे ?
प्रश्नै प्रश्नको पुर्णविराम ।
शिर्षक बिनाको कविता ।।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
मङ्सिर १२ गते सोमबार, भोलेनाथको दर्शन गर्दै हेर्नुहोस तपाइको आजको राशिफल
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com