२० असोज । जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्ता पुर्वले ११ जना जुवाडेलाइ पक्राउ गरेको छ । बिहिवार कावासोती नगरपालिका वडा नम्बर ६ प्रगती टोलमा गोप्य सुचनाका आधारमा प्रहरीले ११ जना जुवाडेलाइ पक्राउ गरेको हो ।
सन्जय सुनारको घरबाट पक्राउ परेका ११ जुवाडेको साथबाट प्रहरीले नगद रु ८८ हजार ४ सय ७० र १ बुक तास बरामद गरेको छ ।
नियन्त्रणमा लिइएका ११ जनामाथि कानुन वमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्ता पुर्वले जनाएको छ ।