About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

आज देशभर बर्षा हुने केही स्थानमा हिउँ पर्ने संभावना

Darpanpost बिहिबार, आश्विन २०, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

२० असोज । अस्ति रातिदेखी परेको अबिरल बर्षाका कारण जनजीवन प्रभाबित भएको छ । केही स्थानमा बर्षाका कारण सडक अबरुद्ध भएका छन ।

आज गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशका भू–भागमा सामान्य बदली रहनेछ ।

वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र देशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश र देशका केही स्थानमा भारी बर्षा हुने प्रबल सम्भावना रहेको हुदा उच्च सतर्कता अपनाउन मौसम बिभागले सुझाब दिएको छ। त्यस्तैगरी उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका बाँकी भूभागका केहि स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी बर्षा हुन सक्ने महाशाखाले बताएको छ । उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
मङ्सिर १२ गते सोमबार, भोलेनाथको दर्शन गर्दै हेर्नुहोस तपाइको आजको राशिफल
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com