About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
नगर प्रमुख शाहको अगुवाईमा कृष्णनगरको मूर्ति विसर्जन

Darpanpost बुधबार, आश्विन १९, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१९ असोज, कपिलवस्तु । जिल्लाको कृष्णनगर लगायत विभिन्न स्थानमा माता दुर्गा भवानी को मूर्ति विजया दशमीको दिन प्रहरीको कडा सुरक्षाको साथ नदी, ताल र पोखरीमा मूर्ति विसर्जन गरिएको छ ।

कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहको अगुवाईमा आज कृष्णनगर बजारको मूर्ति विसर्जन शान्तिपूर्ण तरिकाले कडा सुरक्षाका साथ मूर्ति विसर्जन गरिएको छ ।

आज मौसम प्रतिकूल भए पनि भक्तजन हरू नाचगानका साथ मूर्ति लाई कृष्णनगर बजार परिक्रमा गराई मूर्ति विसर्जन गरेका छन् । पानी परीरहदा समेत भक्तजन हरूको उत्साहजनक सहभागिता रहेको देखियो ।

दुर्गा माता , गणेश भगवान् , लक्ष्मी माता , सरस्वती माता र राक्षस लगायतको मूर्ति निर्माण गरेर नौ दिन सम्म धर्मशास्त्र अनुसार पुजापाठ गरी विजया दशमी को दिन आज मूर्ति विसर्जन गरिएको हो ।

तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले दुर्गा माता को विशेष पूजापाठ , नौ दिन व्रत बसेर , र पूजापाठ गरेर हिन्दु धर्मावलम्बीहरू को महान् चाड को रूपमा मनाउने परम्परा पहिले देखि चली आएको पाइन्छ ।

कृष्णनगरमा बजार क्षेत्र हुदै जाने १८ स्थानका मूर्तिहरु रहेको तथा आफूहरु सुरक्षा दिइ शान्तिपूर्वक मूर्ति विसर्जन भएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख शैलेन्द्र पाण्डेले जानकारी दिए

कृष्णनगमा मूर्ति विसर्जन को क्रममा वडाध्यक्ष कृष्ण कुमार गुप्ता, नेपाल प्रहरी , सशस्त्र प्रहरी, जनप्रतिनिधि , समाजसेवी , बुद्धिजीवी , हिन्दु भक्तजन हरुको वृहत सहभागितामा मूर्ति विसर्जन गरिएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com