१९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेता कार्यकर्ता तथा सर्वसाधारणलाई बडादशैको टिका लगाइदिनु भएको छ ।
भण्डारीले नेपालिहरुको महान पर्व बिजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्बसाधारणलाई टीका लगाइदिनु भएको हो ।
आज राष्ट्रपति भण्डारीले आज दिउँसो २ देखि ३ बजेसम्म मन्त्रीहरू, प्रदेश प्रमुख, न्यायाधीशहरू, संघीय संसदका सदस्यहरु, संवैधानिक निकायका पदाधिकारीहरू तथा विशिष्ट महानुभावहरूलाई टीका लगाइदिनु भएको थियो ।
भण्डारीले सितलनिवासमा ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनु भएको हो ।