१९ असोज । अर्घाखाँचीमा एक बालक खोलामा बगेर बेपत्ता भएका छन ।
सन्धिखर्क नगरपालिका– ७ निवासी तारा पाैडेलका १० वर्षीय छाेरा समिर पाैडेललाई फुदवाङ नजिकैकाे खर्ज्याङ खाेलाले आज दिउँसाे साढे चार बजेकाे समयमा बगाएको थियो । बालक दसैँ मनाउन मामाघर जाँदै थिए ।
बर्षाका कारण खोजी कार्यमा कठिनाइ भइरहेको जिल्ला प्रहरि कार्यालय अर्घाखाँचीका प्रमुख डिएपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।
“तारा पाैडेलले आफ्नाे बच्चा खाेलाले बगाएकाे भनेर खबर गरेपछि प्रहरीकाे टाेली त्यहाँ पुगेकाे हो बच्चाकाे खाेजी कार्य जारी छ, अहिले रात परिसकेकाेले खाेज्न कठिन भएकाे छ,’ रिजालले भन्नुभयो।