१९ असोज । पछिल्लो २४ घण्टामा नेपालमा १० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
पिसीआर र एन्टिजेन विधीबाट कुल ९ सत ७८ जनामा परीक्षण गर्दा थप १० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थप ९ हजार ५ सय ११ जनाले कोरोना विरुद्धको खोप लगाएका छन भने आज ७६ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।