About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
निर्वाचनमा संलग्न कर्मचारीले के गर्न हुन्छ? के हुदैन? हेर्नुहोस

Darpanpost बुधबार, आश्विन १९, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१९ असोज । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदो छ । यहि मंसिर ४ गते एकै चरणमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारिमा निर्वाचन आयोग लागिरहेको छ । आयोगले मतपत्र छपाइ, निर्वाचन अधिकृतहरुलाइ अभिमुखीकरण लगायत थुप्रै काम गरेको छ र गर्दै छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित, मर्यादित, भयरहित र मितब्ययी रुपमा सम्पन्न हुनु पर्दछ । निर्वाचन नियमामुताबिक सम्पन्न गर्न सबै भन्दा प्रमुख र गहन भुमिका निर्वाचनमा खटिने कर्मचारीहरुले खेल्ने गर्छन । तसर्थ निर्वाचनमा संलग्न रहने कर्मचारीका लागि निर्वाचन आयोगले केही आचारसंहिता लागू गरेको छ । उक्त आचारसंहितामा कर्मचारीले गर्न हुने र नहुने कुरा छुट्टाइएको छ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा संलग्न रहने कर्मचारीले निम्न आचारसंहिता पालना गर्नु पर्दछ ।

– कुनै राजनीतिक दल उम्मेदवारको पक्ष वन विपक्षमा कुनै कार्य गर्न, गराउन वा प्रचारप्रसार तथा सम्मिलित हुनुहुदैन,
– कुनै राजनितिक दल तथा उम्मेदवारलाई आफ्नो र कार्यालयको सवारी साधन प्रयोग गर्न दिनु हुदैन,
– निर्वाचनलाई प्रतिकुल असर पार्ने विषयमा सामाजिक संजालमा लेख्न वा प्रतिक्रिया दिनुहुदैन,
– निर्वाचन प्रयोजनका लागि सम्प्रेषण गर्नुपर्ने सुचना बाहेक अन्य कुनै पनि जानकारी राजनितीक दल वा उम्मेदवारलाई सम्प्रेषण गर्नु हुदैन,
– निर्वाचनसम्बन्धि कार्य गर्दा निष्पक्ष रहनुपर्दछ ।

 

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com