१९ असोज । आज देशभर हिन्दु नेपालिहरुले बडादशै पर्व मनाउदै छन । आज दशैँमा आफ्ना मान्यजनबाट टिका थाप्ने परम्परा रहीआएको छ । नेपाली हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडादशै अछेता, जमरा र आशिर्वाद थापेर मनाउँने गरीन्छ ।
राष्ट्रपति बिद्यादेवि भण्डारीले बडादशैको शुभकामना दिनुभएको छ । भण्डारीले आज एक शुभकामना सन्देश जारी गर्दै शुभकामना दिनुभएको छ ।
“नेपालीहरूको महान् चाड बडा दसैँ, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ” उहाले जारी गर्नुभएको सन्देशमा भनिएको छ ।
उहाले वर्षा ऋतुको अन्त्य र शरद ऋतुको सुरुवातसँगै मनाइने बडा दसैँ पर्वको धार्मिक‚ सांस्कृतिक‚ सामाजिक र आर्थिक आयामहरू रहेको बताउनुभयो । भण्डारीले बडा दसैँ नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्त्वपूर्ण कडीको रूपमा रहेको बताउनुभयो ।
भण्डारीले चाडपर्वहरूको माध्यमबाट विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बीचमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
“बडा दसैँ पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक-सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ” उहाले भन्नुभयो ।
असत्य माथी सत्यको जितको दिनको सम्झनामा दशै मनाउने गरिन्छ । पछिल्ला वर्षमा कोरोना महामारीका कारण उल्लास कम भएपनि यो वर्ष दशैँ हर्षाेल्लासका साथ मनाउन सकिने अवस्था छ । दशैमा पिङ् खेल्ने, मिठोमसिनो खाने, देवीको पुजा गर्ने र आफन्तबीच भेटघाट गर्ने गरीन्छ । दशैमा घरबाट टाढा भएका मानिसहरु गाउँ फर्किएका छन । यससङै नेपालका ठुला सहरहरु सुनसान र गाउघरमा चहलपहल बढेको छ ।
दशैमा माता दुर्गाका रुप र अवतारहरुको विशेष रुपमा पुजाअर्चना गरिएको छ । यो बर्ष बडा दशैको टिका बिहान पूर्व मोहडा फर्किएर ११ः५१ मा लगाउन उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ ।
असोज १९ बिहानको १०ः ३४ मा देवी विसर्जन गरी बिहान ११ः५१ मा पूर्व मोहडा फर्किएर बडादशैको टिका लगाउन उत्तम समय रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ । दशैको शुभसाईत ११ः५१ भएपनि दशैको दिनभरी टिका थाप्न र लगाईदिन सकिने समितिले जनाएको छ ।