१९ असोज । आज देशभर हिन्दु नेपालिहरुले बडादशै पर्व मनाउदै छन । आज । दशैँमा आफ्ना मान्यजनबाट टिका थाप्ने परम्परा रहीआएको छ । नेपाली हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडादशै अछेता, जमरा र आशिर्वाद थापेर मनाउँने गरीन्छ ।
आज बडादशैको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले शुभकामना ब्यक्त गर्नुभएको छ । देउवाले आज एक सुचना जारी गर्दै शुभकामना दिनुभएको हो । “विजया दशमी २०७९ को पुनीत अवसरमा स्वदेश र विदेशमा बस्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ” देउबाले जारी गर्नुभएको शुभकामनामा उल्लेख छ ।
असत्य माथी सत्यको जितको दिनको सम्झनामा दशै मनाउने गरिन्छ । पछिल्ला वर्षमा कोरोना महामारीका कारण उल्लास कम भएपनि यो वर्ष दशैँ हर्षाेल्लासका साथ मनाउन सकिने अवस्था छ । दशैमा पिङ् खेल्ने, मिठोमसिनो खाने, देवीको पुजा गर्ने र आफन्तबीच भेटघाट गर्ने गरीन्छ । दशैमा घरबाट टाढा भएका मानिसहरु गाउँ फर्किएका छन । यससङै नेपालका ठुला सहरहरु सुनसान र गाउघरमा चहलपहल बढेको छ ।
दशैमा माता दुर्गाका रुप र अवतारहरुको विशेष रुपमा पुजाअर्चना गरिएको छ । यो बर्ष बडा दशैको टिका बिहान पूर्व मोहडा फर्किएर ११ः५१ मा लगाउन उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ ।
असोज १९ बिहानको १०ः ३४ मा देवी विसर्जन गरी बिहान ११ः५१ मा पूर्व मोहडा फर्किएर बडादशैको टिका लगाउन उत्तम समय रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ । दशैको शुभसाईत ११ः५१ भएपनि दशैको दिनभरी टिका थाप्न र लगाईदिन सकिने समितिले जनाएको छ ।