१८ आश्विन २०७९, मंगलबार । मनमा लागेका केही कुरा सानै देखि अभिनयमा रुचि राखेर अगाडि बढेको म,अहिले यहा सम्म छु।
किन खुशी छुइन म?
मान्छेको मन कहिले सानो हुदैन, सदैव ठूलो नै हुन्छ, सपना यति हदसम्म देख्नुपर्छ कि त्यो सपनालाई बिपनामा परिवर्तन गर्न सकु।
कहिलेकाही मन खिन्न हुन खोज्छ, हामी नेपाली, हाम्रो मन नेपाली तर मान्छेको भेषभुषा, रहनसहन, बोल्ने शैली, सोच्ने शैली,हेर्ने दृष्टिकाेणले बर्गीकरण गरेर नेपाललाई तराई(मधेस), पहाड, हिमालमा वर्गीकरण गरेर अहिले जातीय भेदभाव चलन प्रक्रिया धेरै जसो ठाउमा चल्दै आएको हो । मैले देखेको, सुनेको तराई बाट आउने बितिकै त्यो मधेसी, त्यो धोती, त्यो इन्डियन र पहाड बाट आउने बितिकै त्यो पहाडी, हिमाली यो सरासर मान्छेको एउटा सोच नपुगेर आफ्नो न्यक्तिक्ता कमजोर ठानेर आफुले आफुलाई हेपेको हो । नेपालको जुन सुकै ठाउ बाट आएको हकमा नेपाली परिचयपत्रको अधारमा उ एउटा नेपाली मान्छे हो, तर मान्छेले उसलाई गिरावट तरिकाले भन्दा मन खिन्न भएर आउँछ ,म कसैलाई तोकेर भनेको होइन ,मनमा लागेको कुरालाई सम्प्रेषण गरेको मात्र । म पनि सधारण परिवारबाट हुर्केको मान्छे धेरै जसोको मुखबाट यो कुरा सुनेको हु।तर म खासै चासो राखिन।
मेरो आफ्नो विचारमा:म सानै देखि दुइटा भाषाको समिश्रणमा हुर्केको मान्छे, मेरो मातृभाषा नेपाली हो भने पितृ भाषा मैथिली हो।
जिवनको भोगाइ।
जीवनका केहि उकाली र ओराली बाटाहरु हिड्दा हिड्दै कुन बेला कहा पुगिन्छ थाहा हुदैन । म जीवन त्यति बुझेको त छैन तर म जीवनमा के गर्नु जीवन कसरि चलाउनु पर्छ भन्ने कुरा आजसम्म आइपुग्दा सिकेको छु | सबैको एउटा जीवनमा एउटा कथा हुन्छ त्यसले मेरो जीवनको चक्रमा मेरो पनि छुटै कथा बनेको छ ।
म मोनु शाह मेरो घर पुर्व जनकपुर धाममा पर्छ । म व्याचलर डिग्री सकाएर मास्टरको तयारिमा छु । म सानो हुदा मलाई अरुले गित गाएको, नाचेको, नाट्क गरेको हेर्न सार्है मन पर्दथ्यो । अरुको कला देखेर म अरुको नक्क्ल गर्न खोज्थे । मेरो घरमा रेडियो थियो रेडियोमा गित बज्दा मलाई नाच्न नि मन लाग्थियो अनि नाच्थे पनि ।
यसरी नै बिस्तारै घरमा टिभी नि आयो टिभीमा अरुले नक्क्ल गर्दा मेरो मनमा एउटा कुरा मात्र आउथ्यो उ नि म जस्तै साधारण मान्छे त हो म नि गर्न सक्छु कि क्या हो?
अनि स्कुलमा नाट्कहरुमा भाग लिएर नक्कल गरेर साथिहरुलाई मनोरञ्जन गराउथे । बिस्तारै-बिस्तारै समय र दिन बितेको थाहा नै भएन । मेरो एस.एल.सि परिक्षा नजिकिदै गयो। परिक्षा दिएर पहिलो श्रेणीबाट उतिर्ण भए, मेरो गाउँमा पहिलो श्रेणी बाट उतिर्ण भएको म पहिलो ब्यक्ती थिए । मैले त्यतिबेला धेरै बधाई नि पाए ,मन त एक्छिन फुरुङ्ग भएको थियो।
म एउटा साधारण परिवारको केटो, मेरो बुवाको जहिलेको सपना एउटै थियो कि छोरालाइ काठमाडौंमा पढाउने त्यहि सपना पूरा गर्न म ११ र १२ पढ्नलाई काठमाडौं पुगे । केही दिन त्यहा बसेर बृजकोर्स तयारी गरेर एड्मिसनको लागि नाम निकाल्न बागबजार स्थित काठमाडौं मोडेल कलेजमा नाम निकाले मेरो । भर्ना नि भयो नेपालको नाम चलेको कलेजमा पढन पाउँदा झन खुसी महसुस गर्दै गए। म यसरी नै आफ्नो प्लस टु नि काठमाडौं मोडेल कलेजबाट सकेर आफ्नो सानै देखिको रुचि मोड्लिङ्ग करियरलाई सुरु गरे। साथै मेलै त्यहा बाट थुप्रै प्रतियोगिताहरुमा भाग लिएर थुप्रै उपाधि हात पार्दै गए र संगै ब्याचलर पढनको लागि मैले मेरो नाम ए फ यु युनिभर्सिटी द्वारा मान्यता प्राप्त कलेज काठमाडौंको भ्याली कृषीमा आफ्नो नाम निकाले । त्यस्पश्चात एड्मिसन नि लिए र साथै आफ्नो मोड्लिङ्ग र कलाकारिक्ता क्षेत्रलाई पनि निरन्तरता दिदै गए ।
बिस्तारै मलाइ म्युजिक भिडियोहरुमा अभिनय गर्ने मौका पाए,मैले थुप्रै कम्पनीहरुको प्रचार प्रसारमा नि अभिनय गर्ने मौका पाउन थाले । मैले सबै अवसरहरु बटुलेर आफ्नो प्रयास राम्रो दिन कोसिस गर्थे । अहिले पनि म धेरै कुराहरु सिक्दै छु र सिक्ने छु र आगामी दिनहरुमा अझै यो भन्दा नि राम्रो प्रयास गर्नेछु छु र म आफ्नो यो कलालाई अगाडि लिएर आउने छु भने आशमा म बिस्तारै धेरै कुराहरु बटुले, गरे, जिते, हारे, नाम कमाए । अहिले म त्यही मोनु साह तपाईंहरुको मायाले यहासम्म पुग्न सफल भएको छु। म अहिले जहा छु एउटा प्रतिस्पर्धि भएर गर्दै छु।
जिवनको यात्रा ठूलो हुन्छ हरेस खानु हुदैन र म यसरी नै आफ्नो पाईला टेकेर राम्रो काम गरेर अवशय एउटा सफल मान्छे बन्छु र सबैको मन मुटुमा नाम बसाउन सफल हुन्छु भने एउटा आशा बोकेर आफ्नो यात्रा निरन्तर गरेको छु।