१८ असोज । निर्वाचन आयोगका निर्वाचन आयुक्त डा. जानकी तुलाधरले बडादशैको शुभकामना दिनुभएको छ । तुलाधरले आज एक भिडियो सन्देश जारी गर्दै आउदै गरेको बडादशै, शुभदिपावली तथा चठको शुभकामना दिनुभएको हो ।
“महत्वपूर्ण चाडपर्वहरूकै बीचमा हामी यतिबेला निर्वाचनको तयारीमा लागेका छौं। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउन हामी सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न सकौं। सबैप्रति हार्दिक शुभकामना” तुलाधरले भन्नुभयो ।