टीका ग्रहण गर्न मर्यादित पोशाक लगाएर प्रवेशद्वार नं. १ हुँदै प्रवेश गर्नुपर्ने
१८ असोज । बडादशैको दिन भोलि राष्ट्रपति बिद्यादेवि भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिनु हुने भएको छ । विजया दशमीका दिन भणडारिले मन्त्रीहरू, प्रदेश प्रमुख, न्यायाधीशहरू, संघीय संसदका सदस्यहरु, संवैधानिक निकायका पदाधिकारीहरू तथा विशिष्ट महानुभावहरूलाई अपरान्ह २:०० बजे देखि ३:०० बजेसम्म भन्डारिले टीका लगाइदिनु हुने भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
त्यस्तै गरि सर्वसाधारणहरूलाई भण्डारिले अपरान्ह ३:०० बजे देखि ५:०० बजे सम्म टीका लगाइदिनु हुनेछ ।
राष्ट्रपतिको कार्यालयले टीका ग्रहण गर्न मर्यादित पोशाक लगाएर प्रवेशद्वार नं. १ हुँदै प्रवेश गर्नुपर्ने जनाएको छ ।