१८ असोज । नवलपरासी सुस्ता पुर्व प्रहरीले अपराध न्यूनीकरणका लागि गस्तिहरु संचालन गरेको छ । नजिकिदो चाडपर्व र जोखिमलाइ मध्यनजर गरेर गस्तिहरु सन्चालन गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्ता पुर्वले जनाएको छ । प्रहरिले चाडपर्व विशेष सुरक्षा योजना कार्यान्वयन अनुरुप नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्नको लागि समाजमा हुने बिकृतीलाई न्युनिकरण गर्ने उदेश्यले गस्ती सन्चालन गरेको हो ।
नवलपरासी सुस्ता पुर्व प्रहरीले साइकल गस्ति, पैदल गस्ति, बाइक गस्ती डिउटीको सुरुवात गरेको छ । प्रहरिले सन्चालन गरेको गस्तिबात सम्भावित चोरी, झै-झगडा जस्ता अपराधहरुको न्युनिकरण हुने जनाएको छ ।