१८ असोज । आज प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति देशभर सामान्य बदली रहेको छ । प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा र देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र प्रदेश १ र मधेश प्रदेशका एक–दुई स्थानमा भारी बर्षा हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।