१८ असोज । निर्वाचन आयोगका निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले बडादशैको शुभकामना दिनुभएको छ । सोमबार एक भिडियो सन्देश जारी गर्दै पौडेलले आउदै गरेका नेपालिहरुको महान पर्व बिजया दशमी, शुभदिपावली, र छड पर्वको शुभकामना दिनुभएको हो ।
उहाले “मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा अत्यधिक धनराशी खर्च गरी चुनाव जित्ने कुचेष्टा नगर्न सम्पूर्ण राजनीतिक दल तथा उम्मेदवारलाई श्री नवदुर्गा भवानीले शक्ति दिउन् भन्ने कामना गर्दछु” भन्नुभएको छ ।