१७ असोज । पछिल्लो २४ घण्टामा नेपालमा ३५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
पिसीआर र एन्टिजेन विधीबाट कुल १ हजार ४ सय ४९ जनामा परीक्षण गर्दा थप ३५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ६५ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।