१७ असोज । सुनवल नगरपालिकाले नगरको स्वागतद्वार रङरोगन गरेको छ । नजिकिदो चाडपर्व र आबश्यकतालाइ मध्यनजर गरि उक्त कार्य गरिएको सुनवल नगरपालिकाले जनाएको छ ।
उक्त स्वागतद्वार २०६२ सालमा निर्माण भएको थियो । रंगरोगनको अभावमा कुरुप देखिएको नगरको स्वागत द्वार नगरपालिकाले रंगाएर चिटिक्क पारेको छ । द्वारको दायाँ र बायाँ साइडमा स्वस्तिक चिन्ह बनाइएको छ, द्वार रङरोगनपश्चात् बास्तबमै सुन्दर देखिएको छ ।
साथै अब बाट सुनवल चोक रातमा पनि उज्यालो हुने भएको छ । नगरपालिकाले लामो समयदेखि बन्द रहेको सुनवल चोकको बत्ती पनि मर्मत गरेको छ । यससङै सुनवल चोक रातमा पनि उज्यालो हुने भएको हो ।